Samriddhipost
२०८२ माघ २२ गते बिहिबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ चैत ११ गते शनिबार

मलेरिया नाला तटबन्ध निमार्णको दोधारा चाँदनीका मेयर लिम्बुद्धारा स्थलगत अनुगमन

मलेरिया नाला पक्की तटबन्धको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले अनुगमन गरेका छन् । दोधारा चाँदनी नगरपालिका– २ मलेरिया नालको मेयर किशोर कुमार लिम्बुले आज स्थलगत अनुगमन गरेका हुन् । बिगत लामो समय देखि जग्गा कटानी संग वर्षायामका नालाको पानी बस्तीमा पस्ने हुदा  मलेरिया नालामा चालु आर्थिक वर्षमा प्रदेश सरकार र स्थानिय सरकारको मेचिङ्ग फण्डबाट ७ सय मिटर लामो पक्की तटबन्ध निमार्ण गर्न थालिएको हो । शुदुरपश्चिम प्रदेश सरकारको रु. १ करोड र दोधारा चाँदनी नगरपालिका कार्यालयको रु. १ करोड गरि जम्मा २ करोडमा उक्त तटबन्ध निमार्ण गर्न थालिएको दोधारा चाँदनी– २ का वडाध्यक्ष पदम सिंह रावलले जनाएका छन् । निमार्णक्रममा रहेको मलेरिया नाला तटबन्धको स्थलगत अनुगमनमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चाँदनी– २ का वडाध्यक्ष पदम सिंह रावल तथा स्थानियहरुको सहभागिता रहेको थियो । उक्त निमार्ण कार्य न्यु हुनैनाथ निमार्ण सेवाकले जिम्मा लिएको छ् । अहि अषाढ मसान्तमा सम्पन्न गरिसक्ने लक्ष्य राखेको उक्त तटबन्ध निमार्ण पछि स्थानिय किसानहरुलाई निकै राहत पुग्ने बताईएको छ् । वर्षौ देखि तटबन्ध निमार्णको माँग राख्दै आएका स्थानियहरुले पक्की तटबन्ध निमार्ण हुन लागेपछि खुशी छाएको छ् । अनुगमनको क्रममा दोधारा चाँदनीका मेयर लिम्बुले निमार्ण भईरहेको अवस्था र स्थानियहरु संग निमार्ण कार्यको सुझाव लिएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>