Samriddhipost
२०८१ मङि्सर ०९ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत १२ गते आइतबार

कृष्णपुरमा सामुदायीक वनले घरबास चलाउने । नृत्य टाेलीलाई प्रशिक्षण पूरा भयाे ।

कृष्णपुर नगरपालिका–६ स्थित सांस्कृति महत्व बोकेको थारु गाउँ सिंहपुरमा घरबास सञ्चालनको तयारी गरिएको छ । सिंहपुर सामुदायिक वनको सहयोगमा घरबास सञ्चालन गर्न लागेको हो ।

थारु गाउँमा सञ्चालन हुने घरबासमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थारु संस्कृतिबारे जानकारी गराउन परम्परागत नृत्य देखाउने नृत्य टोली गठन गरिएको छ । नृत्य टोलीलाई प्रशिक्षित गर्ने काम पूरा भएको सामुदायिक वनका अध्यक्ष जोगराज चौधरीले बताए । “पाहुनाको रुचिअनुसार परम्परागत परिकार बनाउने तालिम दिने काम गरेका छौँ”, उनले भने, “पाहुनालाई परम्परागत भेषभूषामा स्वागत सत्कार गर्नेबारे जानकारी दिने कार्य गरेका छौँ ।”

उनका अनुसार दुई वर्षअघि नै घरबास सञ्चालन गर्ने योजना भए पनि कोरोना महामारीका कारण अगाडि बढाउन सकिएको थिएन । उनले भने, “घरबास सञ्चालनका लागि दर्ता गर्ने कार्य अगाडि बढाएका छौँ”, उनले भने, । पहिलो चरणमा १० घरमा घरबास सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । गहुँबाली भित्र्याउने काम गरिसकेपछि घरबास सञ्चालनका लागि सामुदायिक वनको सहयोगमा परम्परागत थारु घर निर्माण गरिने चौधरीले बताए । 

“सामुदायिक वनबाट जति सकिन्छ सहयोग गर्छौं”, उनले भने, “अपुग सहयोगका लागि दातृ निकायलाई गुहार्छौं, नगरपालिकाले रु दुई लाख दिने अश्वासन दिएको छ, त्यसले पुग्दैन थप बजेटका लागि प्रस्ताव गर्छौं ।” घरबासमा आउने पाहुनालाई परम्परागत फेरिया, घोंगी, मुसाको चटनी, फुलौरी, अन्ती धानको भात, ढिक्रीलगायतका परिकार दिइने वडाध्यक्ष बाबुराम चौधरीले बताए ।

“परम्परागत शैलीमै प्रस्तुत गरिने झुम्रा, लठवा, सखिया, राना थारु समुदायको थरिया नृत्य देखाउन नृत्य टोलीलाई प्रशिक्षित गर्ने गरेका छौँ”, पूर्ववडाध्यक्ष नत्थुराम चौधरीले भने, “पाहुनालाई सामुदायिक वनको जैविक विविधताबारे जानकारी दिन घुमाउने प्रबन्ध मिलाउने योजना बनाइएको छ ।” पाहुनालाई सामुदायिक वनको दृश्यावलोकन स्तम्भ, वनभोज स्थलमा पुर्याएर जीवजन्तु, चराचुरुङ्गी देखाउने र त्यसबारे जानकारी दिने कार्य गरिने उनले बताए ।

सिंहपुर गाउँलाई पुरानो थारु गाउँका रुपमा लिइने गरिन्छ । परम्परागत संस्कृति जगेर्ना गर्ने कार्यमा यस क्षेत्रका बुढापाकादेखि युवाले योगदान दिँदै आएका छन् । संरक्षणका हिसाबले सिंहपुर सामुदायिक वनलाई यस क्षेत्रकै नमुना वनका रुपमा लिइने गरिन्छ । सामुदायिक वनमा तीन सय ६५ घरधुरी आबद्ध छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>