Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
बैतडी
२०७९ चैत १७ गते शुक्रबार

महाकालि नदिमा रहस्यमय मृत भेटिएका जीवन मुद्दाका १२ जना मध्ये ४ जना जेल चलान ।
फायल तस्बिर

बैतडीको दशरथचन्द नगरपालिका–१० खडेनीका जीवन बुडालको हत्या आरोप लागेका चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। 

जिल्ला अदालत बैतडीले बुडालको हत्या आरोप लागेका चार जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। 

कर्तव्य ज्यान मुद्दामा न्यायधीश जयानन्द पनेरुको इजलाशले नारायण सिंह ऐरी (मृतकका भिनाजु), अर्जुन सिंह रावल, भीम सिंह ठगुन्ना र गजेन्द्र सिंह रावललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो।

गजेन्द्र सिंह रावल दशरथचन्द नगरपालिका–६ का निवर्तमान वडाध्यक्ष हुन। उनी यसपटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट दशरथचन्द नगरपालिकाको मेयर पदमा चुनाव लडेका थिए।

१३ फागुनमा साथी र इष्टमित्रसँग पिकनिक मनाउन गएका बुडाल दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा मृत भेटिएका थिए। 

राष्ट्रिय अनुसन्धान विभागको सहायक सुचकको रुपमा बझाङमा कार्यरत बुडाल विदामा घर आएका बेला साथीहरुसँग पिकनिक गएका थिए। 

उनी चौलानी नदीमा रहस्यमयी ढंगले मृत भेटिएपछि पत्नी अनिषाले कर्तव्य ज्यान मुद्दामा सँगै पिकनिक मनाउन गएका १२ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। 

जिल्ला अदालतले हत्या आरोपी १२ जनामध्ये तीन जनालाई साधारण तारिखमा छोड्ने आदेश गरेको तहसिलदार तिर्थराज आचार्यले जानकारी दिए।

उनका अनुसार मोहनसिंह ठगुन्ना, केशव सिंह रावल र भुवनराम लुहार तारिखमा रिहा भएका छन्। लुहार जिप चालक हुन्।

पाँच जना आरोपी भने धरौटीमा रिहा भएका छन्। दिपेन्द्रसिंह ऐरी, पुष्पराज भट्ट र तेजसिंह खत्री जनही एक लाख ५० हजार धरौटीमा रिहा भए। 

यस्तै, नविन सिंह ठगुन्ना र श्याम सिंह ऐरी जनही ५० हजार धरौटी बुझाएर रिहा भएका छन्।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>