Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत १८ गते शनिबार

बेलडाँडि बाट हराए बालक, अहिले सम्म लागेन पत्ताे । देख्नेले जानकारी गरिदिन अनुराेध ।

बेलडाँडीबाट ३ बर्षिया नावालक बेपत्ता भएका छन् । शुक्रबार साझ साढे सात बजेकाे समयमा बेलडाँडी गाउँपालिका वडा नम्बर-५ मामा घर देखि ३ बर्षिया नावालक पन्त बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।

बेलाैरी नगरपालिका-१० सडकघाट घर भएका मनाेज पन्तका छाेरा हुन । दुवै आमा छाेरा २ बर्ष देखि मामा घरमा बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीका अनुसार वालक हराएकाे सुचना पाउने बित्तिकै प्रहरी टाेलीले शुक्रबार साझ देखिनै खाेजतलास जारी राखेकाे बताउनु भयाे ।

उहाँका अनुसार “हिजाे राति र अहिले विहान सम्म ईलाका प्रहरी कार्यालय बेलडाँडी, प्रहरी चाैकि झिलमिला र भुडाकाे टाेलि खाेजतलासमा खटिए पनि वालक भेटिई नसकेकाे बताए ।”

श्रीमान श्रीमती विच राम्रो सम्बन्ध नरहेकाले दुवै अलग-अलग बस्दै आएका र उनिहरू विच सम्बन्ध विच्छेदकाे मुद्वा समेत चलिरहेकाे बताउदै आमा छाेरा मामा घरमा बस्दै आएकाे समेत प्रबक्ता डाँगीले बताउनु भयाे ।

प्रहरीले सबै युनिटहरूमा खाेजिकाे लागि सुचना गर्दै खाजतलास र साेधपुछ कार्य गरिरहेकाे जानकारी दिए ।

वालक गहुँ गाेराे बर्ण, उचाई अन्दाजि ३ फिट, राताे हरियाे रंगकाे टिसर्ट,राताे टाउजर लगाएकाे , गालामा कालाे टिका लगाएकाे,बायाँ हातमा बालाे र धागाे लगाएकाे छन् । काेहि कसैले देख्ने हुने वा फेला पर्नुहुने जाेसुकैले नजिककाे प्रहरी कार्यालयमा खबर गरिदिन प्रहरीले अनुराेध गरेकाे छ ।

 


#बालक हराए

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>