दार्चुलाकाे विकट गाँउपालिकामा डाक्टर सहित अस्पतालकाे टाेली पुगेकाे छ । अपिहिमाल बाट डाक्टरकाे सेवा पाउन लामाे पैदल यात्रा र महङ्गाे भाडा तिरेर दार्चलाकाे गाेकुलेश्वर अस्पताल वा जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता रहेकाे छ ।यस्ताे अवस्थामा बिकट बस्तिमा जिल्ला अस्पताल दार्चुलाले गाउँघरमा चिकित्सक पुर्याएकाे हाे ।
शुक्रबार र शनिबार बिरामि जाँचेर
जिल्ला अस्पताल दार्चुलाको टाेलि आज अस्पतालमा फिर्ता पुगेकाे अस्पतालका अध्यक्ष दिपक जाेशीले बताएका छन । उनले भने त्यत्राे दुर दराजका ठाउँबाट यहाँ अस्पताल पुग्न मात्र ठुलाे खर्च हुन्छ अस्पताल पुग्न मात्र २ दिन जति लाग्छ, चेकजाँच गरि फर्कदा ४-५ दिन लाग्छ यत्राे दिनमा खर्च हुने नै भयाे यस्ताे समस्या निराकरण गर्न गाउँघरमा चिकित्सक कार्यक्रम अन्तर्गत अपिहिमाल गाउँपालिकाको वडा ४ मा दुई दिने स्वास्थ्य शिवीर गरेकाे बताएका छन।
जिल्ला अस्पतालमा कार्यरत तिनजना चिकित्सक र डडेल्धुरा अस्पतालका एकजना डेन्टल सर्जन, एनस्थेसिया असिसेन्ट, अहेब, नर्सिङ स्टाफ सहित १४ जनाको जिल्लाबाट गएको टोलि र स्थानिय पालिका र मातहतका स्वास्थ्यकर्मी को टोलिले शिविर संचालन गरेकाे । २ दिन चलेकाे शिविरमा दुई सय सताउन्न जना बिरामि जाँच, उपचार, परामर्श र औषधि बितरण गरिएकाे अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर साेमराज अवस्थिले बताए ।
डाक्टर अवस्थिका अनुसार २५७ मध्ये ७० जना पुरुष र बाकि सबै महिलाहरु उपचारका लागि आएकाे ती मध्ये अधिकाँस बिरामि दाँतका समस्या रहेकाे डाक्टर अवस्थिले बताए ।
गाउँपालिका अध्यक्ष भगत सिह ठेकरे बाेहराले अस्पतालले आफ्नाे पालिकामा आएर स्थानिय जनतालाई सेवा दिएकाेमा धन्यवाद दिएका छन । अध्यक्ष बाेहराले भने आफू काम बिशेषले बाहिर रहेता पनि यसरी ४ जना डाक्टर सहित पुरै टिम आएर गाउँमै चेकजाँच र उपचार गरिदिनु भएकाेमा अस्पताल परिवारलाई धन्यवाद छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया