Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत २० गते सोमबार

हराएकाे तीन दिनपछि यस्ताे अवस्थामा भेटिए २१ महिने बालक ।

बेलडाँडी गाउँपालिका–५ झिलमिलाबाट शुक्रबार बेलुकादेखि हराइरहेका २१ महिने नाबालक विवेक पन्त आज (सोमबार) बिहान घर नजिकको झाँडीमा भेटिएका छन्।

चिसो र भोकले बिरामी परेका बालकको अवस्था गम्भीर छ। स्वास्थ्य केन्द्र बेलडाँडीमा प्राथमिक उपचारपछि उनलाई धनगढी रेफर गरिएको छ।  

उनी आमासँग झिलमिलास्थित मामाघरमा बस्दै आएका थिए। बालक बिहान करिब ६ बजेतिर मामा घर भन्दा करिब ७ सय मिटर दक्षिण झाडीमा फेला परेको इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए।

‘झाँडीमा बालक रोइरहेको सूचना छिमेकीबाट पायौँ,’ प्रहरी निरीक्षक पन्तले भने, ‘बालकको उद्धार गरी स्वास्थ्य केन्द्र लग्यौँ, अवस्था गम्भीर भएकाले थप उपचारका लागि धनगढी रेफर गरिएको छ।

नाबालक पन्त बेलौरी नगरपालिका–१० भुडाका मनोज पन्त र सरस्वती पन्तका छोरा हुन। घरायसी विवादपछि आमा सरस्वती २ बर्ष देखि छोरासँगै माइती घर झिलमिलामा बस्दै आएकी थिइन।

शुक्रबार बालक बेपत्ता भएको खबर पाएपछि पन्त दम्पत्तीलाई इलाका प्रहरीमा ल्याएर सोधपुछ गरिएको थियो। प्रहरीले हुलिया काटेर बालकको खोजतलास तीव्र पारेको थियो। तर, एकाएक नाटकीय ढंगले मामाघर नजिकको झाँडीमा बालक फेलापरेपछि स्थानीय छक्क परेका छन्। 

‘बालक तीन दिनसम्म त्यहीँ थिए वा कतैबाट ल्याएर राखिएका हुन्, यसबारे अनुसन्धान गछौँ,’ प्रहरी निरीक्षक पन्तले भने, ‘बुवाआमाको सम्बन्ध राम्रो नभएको खुलेको छ, बोल्न र हिडन नसक्ने बालक कसरी त्यति टाढा पुगे त्यस विषयमा पनि अनुसन्धान गरिरहेका छौँ।’



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>