Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत २३ गते बिहिबार

कञ्चनपुर जिल्लामा क्रियाशील पाँच विद्यार्थी संगठन विभिन्न ४ सुत्रिय माग राख्दै संयुक्त बिज्ञप्ति जारि गरेका छन ।
  ।

संगठनहरुले कञ्चनपुर जिल्लामा रहेका त्रिभुवन,नेपाल संस्कृत र  सुदुरपश्चिम विश्वविद्यालयले निर्धारण गरेको समयमा निर्वाचन हुन नसकेको स्ववियु निर्वाचन चैत्र ३० गते भित्र निर्वाचन सम्पन्न गराउन जिल्ला प्रशासन र क्याम्पस प्रशासनलाई अनुरोध गर्न पहिलाे माग राखेका छन ।

यस्तै शैक्षिक सत्र सञ्चालनसंगै निजी तथा सामुदायिक विद्यालयले प्रत्येक वर्ष आफु अनुकूल पाठ्यक्रम परिवर्तन गर्ने, शुल्क वृद्धि गर्ने जस्ता कार्यहरु निरन्तर देखिएकोले यो शैक्षिक सत्र देखि बन्द गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछौ साथै सरकारी विद्यालयमा समेत विभिन्न बहानामा शुल्क असुल्ने कार्य देखिएकोले यो शैक्षिक शत्र देखि अन्त्य गर्नु पर्ने । दिवाँ खाजालाई मापदण्डअनुसार सञ्चालन गरिनुपर्ने उल्लेख गरेकाे छ ।

यस्तै नेपाल सरकारले इन्धनको मूल्य घटाउँदा समेत यातायात व्यवसायीहरुले भाडा समायोजन नगरेकोले तत्काल भाडा समायोजन गरी कार्यान्वयन गराउने र यातायातमा विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत छुट लाई समेत कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछौ उल्लेख गरेकाे छ ।

यस्तै विभिन्न ठाउँमा अवैधानिक रुपमा सञ्चालित ट्युसन सेन्टर, कोचिङ्ग सेन्टर, भाषा सिकाउने सेन्टरहरु तत्काल नियमसंगत रुपमा दर्ता प्रक्रियाबाट ७ दिन भित्र सञ्चालन गर्न अनुरोध गर्दछौ बिज्ञप्तिमा उल्लेख गरेका छन ।
बिगतमा सबै क्याम्पस र विश्वविद्यालयहरुमा स्ववियु निर्वाचनकाे मिति ताेकिए पनि विद्यार्थी हरुकै बिच सहमति हुन नसक्दा निर्वाचन हुन सकेकाे छैन । सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय  क्याम्पसमा समेत संगठन बिच सहमति हुन नसक्दा दाेस्राे  पटक ताेकिएकाे समयमा समेत निर्वाचन हुन सकेकाे थिएन ।                                                                   बिज्ञप्तिमा क्रान्तिकारी जिल्ला अध्यक्ष भुवन सिंह विष्ट,  ने.वि.संघ जिल्ला सभापति रमेश चटाैत, अनेरास्ववियु जिल्ला अध्यक्ष कमल राेकाया, रा.प्र.वि.संघ अध्यक्ष मनिष पाल, समाजवादि निकट अनेरास्ववियु संयाेजक
प्रज्वल कुवर हस्ताक्षरित बिज्ञप्ति रहेकाे छ ।


#विद्यार्थी संगठन

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>