Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत २४ गते शुक्रबार

छ दशक पछि महाकालिमा पहिलाे पटक डायलासिस सेवा सुरु ।

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले डाइलाइसिस सेवा सुचारु गरेको छ। स्थापनाको ६ दशकपछि आज शुक्रबारदेखि अस्पतालले मिर्गौलाका बिरामीको डाइलाइसिस सेवा सुरु गरेको हो । 

महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले ट्रायलको रूपमा सेवा सुचारु गरिएको बताए । ‘अस्पतालसंग भएको उपलब्ध स्रोत साधनले भ्याएसंगै हामीले डाईलाईसिसको ट्राईल सेवा सुचारु गरेका छौ,’ उनले भने ‘अहिले हामीसंग डाईलाईसिसका पाँच मेसिन छन् त्यही अनुसार नै बेड राखेर सेवा सञ्चालन गरेका छौँ।’ 

भीमदत्त नगरपालिका–१० तिल्केनीका नन्दराज जोशीको उपचार भइरहेको छ । तीन वर्षदेखि मिर्गौलापीडित जोशीले घर–आँगनकै अस्पतालमा उपचार सेवा सुरु भएपछि खुसी व्यक्त गरेका छन्। ‘पहिले धनगढी सेती अस्पतालमा उपचार गर्न जान्थेँ,’ उनले भने, ‘आजदेखि यहीँ सेवा पाउँदा खुसी लाग्यो।’ 

डाइलाइसिस सेवा सुरुवात गरेकै दिन स्वास्थ्य मन्त्रालयका वरिष्ठ नेफ्रोलोजिस्ट डा. जुजुराज श्रेष्ठ, स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखाका डा. खगेश्वर गेलालसहितले सेवाको निरीक्षण गरेका छन् । 

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डाइलाइसिस सेवा विस्तार गरिने बताए । अध्यक्ष भट्टका अनुसार हाललाई पाँचबाट वृद्धि गरेर १० बेड बनाउने लक्ष्य छ । ‘अहिले दिउँसो मात्रै दुई सिफ्टमा चलाउने योजना छ,’ उनले भने, ‘बिस्तारै डे–नाइट चलाउँछौँ ।’



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>