Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ चैत २६ गते आइतबार

दाेधारा चाँदनिमा विपद पुर्व तयारिका लागि कृतिम घट्ना अभ्यास हुँदै ।

उत्थानशिल युवा संजालहरुलाई बिपद पुर्व तयारी, पुर्व कार्य र प्रतिकार्य सम्बन्धी अभिमुखिकरण तथा कृत्रिम घट्ना अभ्यास सम्बन्धी अभिमुखिकरण कार्यक्रम दोधारा चाँदनी नगरपालिकामा सम्पन्न भएको छ ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको सहकार्यमा दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा युवाहरुलाई बिपद पुर्व तयारी, पुर्व कार्य र प्रतिकार्य सम्बन्धी अभिमुखिकरण तथा कृत्रिम घट्ना अभ्यास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

दोधारा चाँदनी नगरपालिका कार्यालयले सबै वडा तथा टोललाई समेटेर उत्थानशिल युवा संजाल गठन गरेको छ् । कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, प्राविधिक गणेश ठगुन्न्ना, प्रभुनिधी पन्त, दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद फोकल पर्सन रघुनाथ भट्ट, निड्स नेपाल कञ्चनपुरका भावना जोशी, सशस्त्र प्रहरीका प्रहरी निरिक्षक बिरेन्द्र बम, युवाहरुको उपस्थिती रहेको थियो ।

बिपद आएको बेला तथा आईसकेपछि युवाहरुको भुमिका लगाएत बिषयमा अन्तरक्रिया भएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको वडा- ८, ९ र १० वर्षेनी बाढीको समस्याले स्थानियहरुलाई पिरोल्दै आएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रका बिभिन्न समुदायका रहेका समुदायमा आधारित बिपद ब्यस्थापन समिति गठन भएका छन् । जसले बाढीको आएको बेला उल्लेखनिय कार्य गर्दै आएको बताईएको छ् । बाढी आएको बेला युवाहरुलाई समेत समेटेर पुर्व तयारी, उद्धार र राहत बितरण कार्यमा सघाउने उद्देश्यले युवाहरुलाई प्रशिक्षित गर्दै आएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् ।

संयोजक सुनारले आज युवाहरु र सशस्त्र प्रहरीले जाेगबुडा नदीमा बिपद पुर्व तयारी, पुर्व कार्य र प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गर्ने बताउनुभएको छ् । आ–आफ्नो समुदायका भावी योजना, समस्या, कार्यदलको अवस्था तथा उद्धार सामग्रीको अवस्थाको बारेमा कार्यक्रममा छलफल चलाएका थिए ।


#कृतिम अभ्यास

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>