Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ चैत २८ गते मङ्गलबार

दोधारा चाँदनीमा ४० जना महिलाले लिए गुडिया बनाउने तालिम ।

दोधारा चाँदनी नगरपालिकामा किशोरी तथा महिलाहरुलाई १५ दिने गुडिया बनाउने स्तरउन्नती तालिम सम्पन्न भएको छ् ।

दोधारा चाँदनी नगरपालिका– ३ र वडा नं. ६ मा किशोरीहरुलाई १५ दिने गुडिया बनाउने स्तरउन्नती तालिम सम्पन्न भएको दोधारा चाादनी नगरपालिका कार्यालयको लघु उद्यम बिकास शाखा कार्यालयले जनाएको छ् । नेपाल सरकार उधोग बाणिज्य तथा आपुर्ती मन्त्रालयको सहयोग तथा दोधारा चाँदनी नगरपालिका कार्यालयको लघु उद्यम बिकास शाखा कार्यालयको आयोजनामा वडा नं. ६ मा १५ दिने गुडिया बनाउने स्तरउन्नती तालिम संम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेतले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिका– ६ मा सम्पन्न किशोरी तथा महिलाहरुलाई १५ दिने गुडिया बनाउने स्तरउन्नती तालिममा दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा नगरप्रबक्ता ओंम बस्नेत, दोधारा चाँदनी नगरपालिका कार्यालयको लघु उद्यम बिकास शाखा कार्यालयका सहजकर्ता जयन्ती भट्ट, प्रशिक्षक छाया चन्द लगाएत तालिमका सहभागीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा तालिमका सहभागीहरुलाई वडाअध्यक्ष तथा नगरप्रबक्ता ओंम बस्नेत, लघु उद्यम बिकास शाखा कार्यालयका सहजकर्ता जयन्ती भट्ट तथा तालिमका प्रशिक्षक छाया चन्दले प्रमाण पत्र बितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष तथा नगरप्रबक्ता बस्नेतले तालिममा सिकेका कुरा ब्यवहारमा उतार्न सहाभगीहरुलाई जोड दिएका छन् ।

तालिममा सिकेका कुराले व्यवहारमा उतारेर आर्थिक उपार्जन गरि घर र समाजमा उदाहरण बन्न सहभागीहरुलाई उनले अनुरोध गरेका छन् । वडाअध्यक्ष तथा नगरप्रबक्ता बस्नेतले तालिम लिएर ब्यवसाय गर्न चाहानेहरुलाई वडा कार्यालय र नगरपालिका कार्यालयबाट सहयोग गरिने प्रतिबद्धता जाहेर गरेका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयको लघु उद्यम बिकास शाखा कार्यालयका सहजकर्ता जयन्ती भट्टले तालिमका सहभागीहरुले सिकेका कुरालाई तालिममा सिमित नराख्न अनुरोध गर्दै ब्यवसाय गर्न चाहाने महिलाहरुले आफ्नो शाखाबाट हुने सहयोग गर्ने सहजकर्ता भट्टले बताएका छन् । यस्तै आजकै दिनमा वडा नं. ३ मा गुडिया बनाउने तालिम सम्पन्न भएको दोधारा चाँदनी– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले बताएका छन् ।

वडामा रहेका २० जना महिला तथा किशोरीहरुलाई १५ दिने गुडिया बनाउने सिप बिकास तालिम सम्पन्न भएको वडाध्यक्ष धनाडीले बताएका छन् । उक्त तालिमको प्रशिक्षकमा ईशिका चन्द प्रशिक्षक रहेको लघु उद्यम बिकास शाखा कार्यालयका सहजकर्ता मोहन देब भट्टले जनाएका छन् । तालिममा सहभागीहरुको उत्साहजनक उपस्थिती रहेको बताईएको छ्


#गुडिया बनाउने तालिम

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>