Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ चैत २९ गते बुधबार

माओवादि केन्द्रले दियाे भिनपा ५ मा ज्ञापनपत्र यस्ता छन मागहरु ।

नेकपा (माओवादी केन्द्र)ले भिमदत्त नगरपालीका वडा-५ मा ज्ञापन पत्र बुझाएकाे छ ।

दोश्रो कार्यकालका लागि स्थानिय सरकार गठन भएको पनि झन्डै एक वर्ष बितिसकेको, जनताको नजिकको सिंहदरबार वडा सरकार भएकाले जनमुखी सेवा प्रवाह गरी सुशासन सहितको सम्बिद्धि वडावासिको आवश्यकता हो तर जनजिविका र समग्र बिकास निर्माणका सवालमा वडामा देखापरेका लापर्वाही, ढिलासुस्ती र नातावाद कृपावाद का साथै चुनावका बेला वडावासीका बिचमा गरेका घोषणा र प्रतिबद्दता प्रतिको उदासिनताप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै ज्ञापन पत्र बुझाएको हाे।

जनताको अधिकार र वडाको समग्र विकासका लागि पार्टी सधैं रचनात्मक भुमिका निर्वाह गर्न तत्पर रहेकाे उल्लेख गर्दै पार्टीले अघिसारेका मागहरु कार्यान्वन गर्न ज्ञापनपत्रमा  अपिल गरिएकाे छ ।

  मागहरु प्रति बेवास्था गरेमा थप आन्दोलन र संघर्षका कार्यक्रमहरु गर्न वाध्य  हुने समेत बिज्ञप्तिमा उल्लेख गरिएकाे छ । भिमदत्त नगरपालिका वडा ५ ईन्चार्ज करन बहादुर लुहार हस्ताक्षरित ज्ञापनपत्रमा यस्ता छन मागहरु
१) किसानको गहुँबाली भित्र्याउने समयमा टेक्टर थ्रेसरको मूल्य मनोमानी तरिकाले असुल पाइएकाले तत्काल उचित मूल्य निर्धारण गरियोस् । गरेको

२) किसानका लागि आवश्यकता अनुसार मलखाद विउविजन किट्नाशक औषधी समयमै उपलब्ध गरियोस् ।

३) भी.न.पा. ५ क्षेत्रभित्र पर्ने शिवमन्दिर देखि भुजेलापुलसम्म राजमार्गमा सडक बत्ति जडान गरियोस्

(४) मिटर व्याजी समस्यामा परेका वडावासी नागरिकको समस्या समाधान गर्ने प्रक्रिया अगाडी बढाइयोस् ५) वडाको एकमात्र सामुदायिक विद्यालय श्री सत्यवादी मा. वि. ले विद्यार्थीहरुबाट विभिन्न शीर्षकमा शुल्क लिईराखेकाले विद्यालय सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरि विद्यार्थीलाई निःशुल्क पढ्ने वातावरण मिलाइयोस् ।

६) जनता आवास कार्यक्रम लक्षितवर्ग पहिचान गरी उपलब्ध गरियोस् ।
७) उपचार गर्न नसक्ने जेष्ठ नागरिक तथा विपन्न वडा बासीलाई उपचार गर्न स्वास्थ्यबिमालाई भरपर्दो र
प्रभावकारी रुपमा अगाडी बढाइयोस् ।

८) दुव्यर्सन कुलतमा फसेका युवालाई मुक्त गराउन सचेतीकरण अभियानका साथै जाँड रक्सी अव्यवस्थित विक्रिवितरणमा रोक र जुवातास लागु औषधको दुव्यर्सनी नियन्त्रण गरियोस् ।

९) छाडा चौपायाको समस्यालाई समाधानगरियोस् । १०) गरिब घरपरिवार सर्वेक्षण २०७८ को सूची मापदण्ड विपरित रहकाले वास्तविक गरिब घरको

पहिचान गरी छुटेका घरधुरी समेत सूचिकृत गरियोस् ।

११) विभिन्न संघ, संस्था, समाजदर्ता सिफारिस गर्दा समावेशीअनुसार गठन भएकालाई

मात्रसिफारिसगरियोस् ।

१२) शिवमन्दिर देखि भुजेलाखोलासम्मको मुलनहर खण्ड तत्कालकालोपत्रे गरियोस् ।

१३) सत्यवादी टोलको सडक कालोपत्रे बनाउन रोकिएकाले निर्माण प्रक्रिया तत्काल सुचारु गरियोस् । १४) वैजनाथ टोल अर्न्तगत् विश्वकर्मा मन्दिर पछाडीको र मूल नहरको न्यू रोड सडक खण्ड र

खाल्डाखुल्डी भएको सडकमा ग्राइवेलको व्यवस्था गरियोस् ।

(१५) अव्यवस्थिीत भूमीहिन दलित तथा सुकुम्वासी समस्यालाई समाधान गर्न तत्काल सम्बन्धित

निकायसित समन्वय गरी जमिन नापजाच प्रक्रिया अगाडी बढाईयोस ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>