Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ चैत ३० गते बिहिबार

दार्चुलामा युवक युवतिकाे भेटियाे शव, पुरुषकाे शव भिरमा अड्किदा हुदा सकेन पहिचान ।

दार्चुलामा एक युवक र युवतीको शव फेला परेको छ। जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३/२४ वर्षका जस्ता लाग्ने युवक र युवतीको शव फेला परेको हो।

युवतीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छ। युवकको शव भिरमा अडकिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले भर्खरै युवतीको परिचय खुलेको जानकारी दिए।

मृतक युवती नौगाड गाउँपालिका–४ की सञ्जिता धामी भएको खुलेको छ। उनको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा युवकको शव अड्किएको अवस्थामा रहेको छ। उनको सनाखत हुन सकेको छैन।

यस्तै सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन्। एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो। अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोबिन्द भण्डारी नेतृत्वको टोली घटनास्थलमा छ। राति भएकाले युवकको शव झिक्न सकिएको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए।

बिहिबार बिहान साढे ७ बजेतिर ती युवक र युवतीसँगै बासिडाँडा बाटोमा बसिरहेको प्रतक्षदर्शी स्थानीयले बताएका छन्। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>