Samriddhipost
२०८२ साउन ०४ गते आइतबार
ट्रेन्डिङ
दार्चुला
२०७९ चैत ३० गते बिहिबार

दार्चुलामा युवक युवतिकाे भेटियाे शव, पुरुषकाे शव भिरमा अड्किदा हुदा सकेन पहिचान ।

दार्चुलामा एक युवक र युवतीको शव फेला परेको छ। जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३/२४ वर्षका जस्ता लाग्ने युवक र युवतीको शव फेला परेको हो।

युवतीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छ। युवकको शव भिरमा अडकिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले भर्खरै युवतीको परिचय खुलेको जानकारी दिए।

मृतक युवती नौगाड गाउँपालिका–४ की सञ्जिता धामी भएको खुलेको छ। उनको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा युवकको शव अड्किएको अवस्थामा रहेको छ। उनको सनाखत हुन सकेको छैन।

यस्तै सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन्। एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो। अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोबिन्द भण्डारी नेतृत्वको टोली घटनास्थलमा छ। राति भएकाले युवकको शव झिक्न सकिएको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए।

बिहिबार बिहान साढे ७ बजेतिर ती युवक र युवतीसँगै बासिडाँडा बाटोमा बसिरहेको प्रतक्षदर्शी स्थानीयले बताएका छन्। 

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>