Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दार्चुला
२०८० बैशाख ०२ गते शनिबार

बाख्रा चराउन गएका स्थानियलाई गर्याे बाघले आक्रमण ।

दार्चुलामा बाख्रा चराउदै गर्दै एक जना बाघको आक्रमण परि घाइते भएका छन् ।
मार्मा गाउपालिका–२ मटेलाका स्थानीय बिर्खलाल भट्ट बाख्रा चराउन घर नजिकैको जंगल गएका बेला बाघको आक्रमण परि घाइते भएका हुन् ।

बिहिबार मटेला स्थित आफ्नो घर नजिकको बारिमा चराउन लगाएको बाख्रा हराए पछि, भट्ट खोजीमा निस्केका थिए । बारिमै बाख्रा खोज्नेक्रममा भट्ट बाघको आक्रमणमा परेर घाइते भएका छन् ।

घाइते भट्टको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको मार्मा–२ का वडाध्यक्ष अमर सिंह बिष्टले बताए ।
दार्चुलाको मार्मा–२ का मटेला, ओडिखेत लगायतका गाउँहरुमा बाघले श्रृंखलाबद्ध रुपमा पशु चौपाया संगै मान्छेलाई समेत आक्रमण गर्दै आएको छ । झण्डै दुई महिना अघि तिनै घाइते भट्टका ३ बाख्रा बाघले बारिबाटै खाएको थियो ।

त्यस्तै ओडिखेतमा केहि दिन अघि बाघले ३ गाई र २ बाख्रा खाएको स्थानीयले ध्रुबराज भट्टले बताए । गाउँघरमै पसेर बाघले श्रृंखलाबद्ध रुपमा पशु चौपाया र मान्छेलाई आक्रमण गर्दा स्थानीयमा त्रास छाएको छ ।

स्थानीय सरकारले बाघको आक्रमण रोक्नका लागि पहल चाल्नुपर्ने स्थानीयहरुको माग छ । गाउँघरमा हाल सम्म मानविय क्षती नभएपनि, भोलीका दिन असुरक्षित र त्रासमय हुँदै गएको स्थानीय ध्रुबराज भट्टले बताए ।


#कृषकलाई बाघकाे आक्रमण

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>