Samriddhipost
२०८१ मङि्सर ०९ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख ०४ गते सोमबार

राेयल्टि संकलनमा अनियमितता भएकाे भन्दै स्थानियले गरे महाकालि किनारमा चक्काजाम ।

भीमदत्त नगरपालिकाले महाकालीको नदीजन्य पदार्थको रोयल्टी संकलनमा अनियमितता गरिरहेको विरोधमा महाकाली किनारमा स्थानीयले सोमबार बिहान चक्काजाम गरेका छन्।

महाकाली नदी किनारको भीमदत्त नगरपालिकाका वडा नं. ११ का स्थानीयले चौकिसोतामा एक घण्टा चक्काजाम गरेका हुन। अनियमितताको विरोधमा यहाँका क्रियाशिल राजनीतिक दलका प्रतिनिधि र स्थानीयले चरणवद्ध विरोध कार्यक्रम गर्ने जनाएका छन्।

वडा नं. ११ का एमाले, माओवादि, एकीकृत समाजवादि, राप्रपा, रास्वपा दलका प्रतिनिधिले अनियमितता रोक्न पहलकदमी लिनुपर्ने माग गर्दै यसअघि भीमदत्त नगरपालिका र नेकपा एमालेको भीमदत्त नगर कमिटीलाई ज्ञापनपत्र समेत दिएका थिए।

चालु आर्थिक वर्षमा महाकाली नदीको नदीजन्य पदार्थको उत्खननको लागि रोयल्टी संकलन कार्य ठेक्का प्रकृयाबाट नगराई नगरपालिकाले आफै अमानतमा गरिरहेको छ।

उक्त रोयल्टी संकलनमा व्यापक अनियमिता भइरहेको, विना छापका रसिद काट्ने, एउटै रसिद बारम्बार प्रयोग भइरहेको आरोप स्थानीयबासी, जनसरोकारवाला संघ, संस्थाले लगाएका छन्।

पटक पटक आवाज उठाउदा समेत नगरपालिकाले कुनै वास्ता नगरेको उनीहरुले बताए। त्यसको विरोधमा आज एक घण्टा चक्काजाम गरिएको र अनियमितता नरोकिए चरणवद्ध विरोध कार्यक्रम सञ्चालन गर्ने स्थानीयको भनाई छ।

आज प्रभावित क्षेत्रका स्थानीय चौकीसोतामा एकत्रित भएका थिए। वडा नं. ११, १२ र १३ का बासिन्दाले नदीजन्य पदार्थ बोकेका गाडीहरुले धुलो उडाउने तर धुलो व्यवस्थापनका लागि पानीको व्यवस्था समेत नगरिएको गुनासो गरे।

एमाले नगर कमिटी अध्यक्ष हिमाल चन्दले यसअघि वडा नं. ११ का क्रियाशिल राजनीतिक दलहरुले सशक्त पहलकदमीका लागि ज्ञापनपत्र बुझाएको र त्यसमा आफ्नो पार्टीको ऐक्यवद्धता रहेको बताए।

‘राजस्व संकलन जस्तो सम्बेदनशील विषयमा स्वयम् स्थानीय जनसमुदायले सरोकारवालाहरु निकायको चरम लापरवाही, उदासिनताले राज्यलाई दैनिक लाखौ रकम हिनामिना भईरहेको विषयमा तत्कालै कडा कदम चाल्न नगरपालिकालाई जोडदार माग गर्दा समेत बेवास्ता गरिएको स्थानिय सुभाष सिह धामिले बताए ।

वडा नं. ११ की एमाले वार्ड अध्यक्ष गीता ओली, नेकपा माओवादीका प्रतिनिधि चन्द्रसिंह धामी, राप्रपाका रोशन विष्ट, नेकपा एकीकृत समाजवादीका सुरेशदत्त भट्ट र रास्वपाका प्रतिनिधि गोविन्दबल्लभ पन्तलगायतले नगरपालिकाकै कर्मचारीले रोयल्टी संकलनमा बदमासी गरिरहेको भन्दै विरोध गरिरहेका छन्।


#महाकालि राेयल्टि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>