Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० बैशाख ०४ गते सोमबार

नगरका याेजनामा सहयाेग माग्दै बेदकाेटका मेयरले भेटे मुख्यमन्त्री ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई नगरका गौरबका योजनामा सहयोग गर्न आग्रह गरेका छन् ।

कैलालीको धनगढीस्थित मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री शाहसित भेटघाट गरी मेयर बोहराले नगर गौरबका आधा योजना पेश गरी सहयोगका लागि आग्रह गरेका छन् । उनले मुख्यमन्त्री शाहलाई नगर गौरबको योजना सम्पन्न गर्नका लागि प्रदेश सरकारबाट सहयोग पाउनेमा नगरपालिका आशावादी भएको बताए ।

मेयर बोहराले दैजी छेला सडक, सुडा–मुसेपानी गैरीखान सडक, नगर अस्पताल, खानेपानी आयोजना र चिस्यान गृह निर्माणमा प्रदेश सरकारको सहयोग साथ खोजेका छन् ।

मुख्यमन्त्री शाहलाई उनले नगरपालिकाको बजेटबाट मात्रै नगर गौरबको योजना सम्पन्न गर्न असहज भएको जानकारी गराउँदै प्रदेश सरकारले विशेष प्राथमिकता दिनु पर्ने बताए । उनले बेदकोट नगरपालिकामा सञ्चालित विभिन्न योजनाबारे पनि मुख्यमन्त्री शाहलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>