Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
धनगढी
२०८० बैशाख ०५ गते मङ्गलबार

सुदुरपश्चिममा ५ महिनामा २ सरकार गठन, भएनन जनसराेकारका बिषयमा छलफल ।
फायल तस्बिर

प्रदेशसभाको दोस्रो निर्वाचनपछि सुदूरपश्चिम प्रदेशसभा नीति निर्माण तथा जनसरोकारमा मुद्दामा प्रवेश नै गर्न सकेको छैन । गत मंसिर ४ को निर्वाचनपछि गठित प्रदेशसभाले अहिलेसम्म दुई वटा सरकार गठन गरेको छ भने मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्तिमात्र बैठकको उपयोगिता सीमित भएको देखिन्छ ।

प्रदेश सरकारले बिजनेस दिन नसक्दा लामो समयदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । प्रदेशसभाको दोस्रो निर्वाचनयता केबल मुख्यमन्त्रीलाई समर्थन तथा विश्वासको मत दिनेमा बैठक सीमित देखिएको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासकाे मत लिनका लागि फागुन २१ गते प्रदेशसभाको बैठक सञ्चालन भएको थियो । त्यसयता प्रदेशसभा बैठक सञ्चालन हुन सकेको छैन ।
प्रदेशसभा दोस्रो कार्यकालमा प्रवेश गरेको चार महिनाभन्दा बढी भइसकेको छ । यो अवधिमा सरकार निर्माण र सभामुख, उपसभामुख चयनका लागि बाहेक अन्य विषयका लागि प्रदेशसभा बैठक बस्न सकेको छैन ।

अहिले प्रदेशसभा कामविहीन अवस्थामा छ । प्रदेशसभा सचिवालय धनगढीका सूचना अधिकारी युवराज जैसीले प्रदेशसभामा एउटा पनि बिजनेस नरहेका कारण बैठक सञ्चालन नभएको जानकारी दिए । प्रदेश सरकारले अहिलेसम्म प्रदेशसभा सचिवालयमा एउटा पनि विधेयक दर्ता नगराएको उनको भनाइ छ ।


#सुदुरपश्चिम प्रदेश

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>