Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
साउदि
२०८० बैशाख ०६ गते बुधबार

दम्माम भेट्रान गोल्डकप  फुटबल प्रतियोगितामा १ लाख ७७ हजार प्रथम पुरस्कार राशी

खेलकुदमा सबै भन्दा लोकप्रिय खेल फुटबल हो। जो सबैको मन मस्तिष्कमा बस्ने गर्दछ। लोकप्रिय खेल फुटबल साउदीको पुर्बि क्षेत्र खोबरमा "प्रथम दम्माम भेट्रान गोल्डकप फुबल प्रतियोगिता आयोजनाका लागि संघीय लिम्बुवान सामाजिक मञ्च , प्रवास समिति साउदी अरब मुख्य प्रायोजकको रुपमा रहेको छ।

साउदीमा कार्यरत नेपाली श्रमिक बीच करिव १ लाख ७७ हजार प्रथम पुरस्कार राशी रहेको प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ फुटबल प्रतियोगिता आयोजना गर्नका लागि मुख्य प्रायोजकका रुपमा संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति साउदी अरब  रहेको  दम्माम भेट्रान क्लबका महासचिव पासाङ्ग शेर्पाले बताउनु भएको हो।


उनका अनुसार, नेपाली नयाँ बर्ष २०८० तथा मुस्लिम धर्मालम्बिहरुको महान चाड इद अल- फित्रको उपलक्ष्यमा दमाम भ्रेटान फुटबल क्लब साउदी अरबले दुई दिवसीय खुल्ला दम्माम भेट्रान गोल्डकप नकआउट फुटबल प्रतियोगिता आयोजनाका लागि प्रथम पुरस्कार ५ हजार १ सय ५१ साउदी रियल( नेपालि १ लाख ७७ हजार ) धनराशि संघीय लिम्बुवान सामाजिक मञ्च साउदीले प्रायोजन गर्ने छ। जसमा गोल्डकपको मुख्य प्रायोजक रहेको छ। आर्थिक सहयोग संगै च्याम्पियन टिमलाई ट्रफी ,प्रमाणपत्र ,मेडल समेत दिने छ।

सह-प्रायोजक अन्तर्गत गोल्डेन स्पोन्सर चौधरी ग्रुप (वाई वाई चाउचाउ), फ्रेन्डी प्याकेज  ले  गरेको छ। भने सिल्बर स्पोन्सर मा सनराइज नेपाली कार्गो , एभरेष्ट ट्राभल एण्ड टुर, हिमालय ट्राभल एण्ड टुर, एभरेष्ट नेपाली होटेल र लाली गुराँस नेपाली होटल,  हिमालयन बैंक, मोरंग सुनसरी सेवा समाज, साउदी अरब ग्लोवल आइएमइ, मनास्लु इन्टरनेसनल सर्भिस, अल्मराइ ए यस् इन्टरनेसनल, कुमारी रिमिट, अक्सफोर्ड इन्टरनेसनल लगायत रहेका छन् । भने प्रमुख सहयोगीमा राजु शैयद् ,श्रीयावा लिम्बु, राजेन्द्र (जोन) अर्याल, कुबेर हुमागाई रहेका छन ।

प्रतियोगिता २०८० बैशाख ८ र ९ गते अर्थात (२०२३ अप्रिल २१ र २२ तारिख)  दिउसो ३ बजे अलतुक्बा क्लबको खेल मैदान अजिजिया , अल खोबरमा उद्धघाटन हुने छ।

गोल्डकपमा टिम दर्ता शुल्क ७ सय साउदी रियल रहेको छ । प्रतियोगिता बिजेता च्याम्पियन टिमले ५ हजार १ सय ५१ साउदी रियल( नेपालि १ लाख ७७ हजार ) र उप-बिजेता टिमले २ हजा् ५ सय २५ साउदी रियाल ( नेपालि ८९ हजार ) ट्रफि, प्रमाणपत्र , मेडल हात पर्ने छन् भने प्रतियोगिताका हरेक खेलको उत्कृष्ट खेलाडीलाई समेत ट्रफि, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>