Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० बैशाख ०६ गते बुधबार

दोधारा चाँदनी नगरपालिकामा पञ्चकर्मद्धारा उपचार सेवा सुरु : मेयर लिम्बुले गरे उद्धघाटन ।

दोधारा चाँदनी नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्रले पञ्चकर्म सेवा सुरु गरेको छ । दुई वर्ष अघि दोधारा चाँदनी नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र संचालन भएकाे थियाे । अहिले नगरपालिकाले ब्यावस्था गरेसंगै नागरिक आरोग्य सेवा केन्द्रले पञ्चकर्म सेवा संचालनमा ल्याईएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिनुभएको छ् ।

स्नेह र स्वयजन कर्म गरेर पञ्चकर्म विधिबाट उपचार सेवाको सुरुवात गरिन थालेको दोधाारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिनुभएको छ् । केन्द्रमा नशा, बाथ, पिनास तथा टाउको दुख्ने समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गरी तेलले सेक्ने र तातो बाफ दिएर उपचार गरिनेभएको हाे ।

पञ्चकर्म उपचार विधी तर्फ बिरामीको आकर्षण बढ्दै गएको प्रमुख प्रशासकिय अधिकृत मिश्रको भनाई रहेको छ् । आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बिधिवतरुपमा पञ्चकर्म सेवाको समउद्धघाटन गर्नुभएको हो ।

हरेक दिन सेवा प्रदान गरिने ब्यवस्था गरिएको नागरिक आरोग्य सेवा केन्द्र दोधारा चाँदनीका शाखा प्रमुख राजु जोशीले बताउनुभएको छ । नागरिक आरोग्य सेवा केन्द्रमा हरेक दिन सेवाग्राहीको चाँप बढ्दै गएको र नागरिकको सेवाको लागी पञ्चकर्म सेवा संचालनमा ल्याईएको शाखा प्रमुख जोशीले बताउनुभएको छ् । आरोग्य सेवा केन्द्रले पञ्चकर्म सेवा संचालन गरे संगै स्थानियहरुमा खुशी छाएको छ् ।


#पन्चकर्म सेवा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>