कंचनपुरकाे भिमदत्त नगरपालिका ३ भाँसीमा बुधबार दिउँसो आगलागी भएको हो । आफनै केटाकेटीहरु खेल्ने बेलामा परालमा लागेको आगो बाख्रा गोठ हुँदै कोठा भित्र आगलागी भएपछि आफु थाहा पाएको पास धामीले बताए ।
‘दिउँसोको समयमा खाना खाएर सबै भित्रै थियौ गोठ नजिकको कोठामा कोही पनि नभएको बेलामा आगलागी भएको हो’ उनले भने, केटाकेटी खेल्दै थिए परालमा लागेको आगोले पुरै गोठ र पक्की कोठामा सबै नष्ट भयो । लगभग ३ देखी ४ लाखको नोक्शानी भएको उनले बताए ।
गोठ र कोठामा रहेका खाट, दराज सामानहरु सबै जलेर नष्ट भएका छन् । आगलागी भएपछि तुरुन्तै प्रहरीलाई खबर गरेको र स्थानिय, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा आएको छ ।
यो समयमा बढी आगलागीका घटना बढने भएकाले आफनो घरमा रहेका आगलागी हुने सामान सलाई लाईटरहरु केटाकेटीले नभेटने ठाँउमा राख्न पनि उनले आग्रह गरेका छन् ।
अहिले शुक्लफाँटा राष्ट्रिय निकुन्ज समेत विभिन्न बन क्षेत्रमा समेत आगलागि भएकाे छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया