Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
धनगढि
२०८० बैशाख ०७ गते बिहिबार

नसर्ने राेग र मानसिक स्वास्थ्य उचित ब्यावस्थापनका लागि कार्यशाला सुरु ।

नसर्ने राेग तथा मानसिक स्वास्थ्य समस्याका बारेमा छलफल गर्न धनगढिमा प्रदेश स्तरिय समीक्षा तथा याेजना तर्जुमा सम्बन्धि २ दिने कार्यशाला गाेष्टि सुरु भएकाे छ ।

बुधबार सुरु भएकाे गाेष्टि आज बिहिबार सम्म चल्ने छ । कार्यशालामा प्रदेशभरिका स्वास्थ्य कार्यालय प्रमुख, प्रदेश स्वास्थ्य समन्वय केन्द्र प्रमुखकाे उपस्थि रहेकाे छ ।

कार्यशालाले आजकाे समयमा विभिन्न कारणले मानिस नसर्ने राेग र मानसिक समस्याका कारण पिडित हुँदै गैरहेकाे सन्दर्भमा बिरामि हुन नदिन, बिरामि पत्ता लगाउन र उपचार सेवा प्रभावकारि बनाउन याेजना तर्जुमा गर्न छलफल गरिने बताईएकाे छ ।

सुदुरपश्चिम प्रदेश स्पास्थ्य निर्देशनालयका डाक्टर जगदिश जाेशीले नसर्ने राेग आकासिएकाे, ब्रेन हेमरेड, किड्नि फेल, फाेक्साे राेग लगायत राेगका कारण मानिसकाे मृत्यु बढेकाे बताउनु भएकाे छ । प्रदेशभरिका सरकारि स्वास्थ्य संस्थामा ४०-४५ हजारले सेवा लिएकाे भएपनि सरकारि संस्थामा यस्का बिज्ञ चिकित्सक कमि हुदा बाहिर समेत यस्ता बिरामि रहने हुदा बिरामि बढेकाे, सरकारि सबै संस्थामा यसबारे सक्दाे काम भैरहेकाे बताउनु भयाे ।

स्वास्थ्य सेवा विभागका नसर्ने राेग तथा मानसिक स्वास्थ्य हेर्ने डाक्टर फणिन्द्र बरालले यस्ता राेगहरुकाे समस्या घटाउन जिल्ला अस्पताल तहमै एमडिजिपि लाई तालिम दिएर राेग निदानका लागि अगाडिबढेकाे, बर्दिया र झापा अस्पतालमा पाईलटिङ्गका रुपमा काग सुरु गरेकाे,  युनिसेफकाे सहयाेगमा बझाङमा कार्यक्रम तयारि गरेकाे । दैलेख, गुल्मि र लाहान अस्पतालमा याे कार्यक्रम अगाडि बढाउने तयारिमा रहेकाे बताएका छन । यस्तै
पारामेडिक्सले तालिम लिएपछि मानसिक राेगकाे केही औषधि प्रेस्क्रिपसन गर्न सक्ने बनाउने तयारिमा रहेकाे, नुन,चिनि, सुर्तिजन्य र मादक पदार्थ कम गरेर यस्ता राेषबाट हुने मृत्यु घटाउन सकिने बताउनुभयाे ।

सामाजिक बिकास मन्त्रालयका सचिव गणेश बहादुर सिहले संघ र प्रदेशले एउटै मिल्दा शिर्षकमा खर्च नगरेर फरक फरक शिर्षकमा काम गरेमा, फरक फरक जिल्ला वा पालिका माेडलका रुपमा लग्न सकेमा ठुलाे मात्रामा  प्रभावकारि रुपमा काम गर्न सकिने, सरकार बजेट कटौतीकाे अवस्थामा रहेकाे भएपनि रहेकाे स्राेत अधिकतम सदुपयाेग गरेर गुणस्तरिय सेवा पुर्याउन सकिने गरि याेजना बनाउनु पर्ने धारणा राखेका छन ।

सुदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रायल
स्वास्थ्य निर्देशनालय दिपायल डाेटिकाे आयाेजनामा भएकाे कार्यक्रम सचिव सिहकाे अध्यक्षतामा भएकाे थियाे भने अथितिका रुपमा डाक्टर जगदिश जाेशी, प्रदेश स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख हेमराज खड्का, प्रदेश तालिम केन्द्रका नरेन्द्र सिह कार्कि, आपुर्ति  ब्यावस्थापन केन्द्रका डाक्टर निरज अर्याल,बरिष्ट मानसिक राेग बिशषज्ञ राम लामिछाने लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>