Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख ०९ गते शनिबार

बाघले लगेकि महिलाकाे शव भेटियाे, बाग आयाे नियन्त्रणमा  ।

कञ्चनपुरकाे बेलाैरी नगरपालिका-८ पचुइकी गङ्गा चन्दको शव २२ घन्टापछि फेला परेको छ।

शनिवार उनकाे शव खप्टी नालाकाे दलदलमा फेला परेकाे हाे । शव परिक्षणका लागि श्रीपुर प्रथामिक केन्द्र बेलौरीमा राखिएको प्रहरीले जनाएको छ।

महिलालाई आक्रमण गर्ने नरभक्षी बाघ शनिबार बिहान ८ सुरक्षाकर्मीकाे नियन्त्रणमा आईसकेकाे छ । विषेश सुरक्षा टाेली सहित रातभर चार हात्ती लगाएर खाेज तलासमा लागेकाे थियाे ।

प्रविधिक कठिनाइले आज बिहान मात्रै बाघलाई नियन्त्रणमा लिईएकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरिक्षक सन्दिप चन्द्र शाहले जानकारी दिनु भयाे ।

बाघलाई इन्जेक्सनले लठ्याएर बेहाेस पारिएको छ। उक्त बाघलाई नियन्त्रणमा लिइ शुक्लाफाटा पठाइएको कुण्डा सब डिभिजन कार्यालयका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो ।

शुक्रबार बिहान बेलाैरी नगरपालिका ८ की ४२ वर्षीया महिला गंगा चन्द बाघको आक्रमणमा परेकि थिईन । नजिकैकाे खप्टि नालामा घाँस काट्न गएकी महिलालाई आक्रमण गरेपछि स्थानीय सहित सुरक्षाकर्मी दिनभर खाेजतलासमा खटिएका थिए ।


#कंचनपुरमा बाघकाे आक्रमण

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>