Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख ०९ गते शनिबार

कर्मचारिमैत्री संघिय निजामति ऐन बन्नुपर्नेमा कर्मचारिकाे जाेड ।

कञ्चनपुरका पालिका, प्रदेश र संघीय सरकार मातहत रहेका विभिन्न सरकारी कार्यालयका कर्मचारीले कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोडदिएका छन । शनिबार नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले बेलौरीको शोभातालमा आयोजित गरेको  अन्तरकृया तथा बनभाेज कार्यक्रममा कर्मचारीले कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोडदिएका हुन ।

 एमाले निकट निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादृुर चन्दले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विषय एव कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन निर्माणमा कर्मचारी संगठनको भूमिमा बारे छलफल गरिएको बताए । 

अध्यक्ष चन्दले पालिका, प्रदेश र संघीय सरकारका विभिन्न तह कार्यालयमा कार्यरत कर्मचारीले विभिन्न गुनासा एव सुझाव सल्लाह दिए अनुरुप संगठनले कर्मचारीको हितमा सोही अनुरुप अघि बढ्ने बताए । नेपाल निजामती कर्मचारी संगठनका महासचिव महादेव जोशीले संघीय निजामती कर्मचारी ऐनका विषयमा जिल्ला जिल्लाबाट आएका सुझाव अनुरुप संगठनले प्रदेश स्तरदेखि केन्द्रसम्मै पैरवी गर्ने बताए । कार्यक्तममा नेकपा एमाले कञ्चनपुरका सचिव समेत रहेका प्रमुख अतिथि पल्लवराज भट्टले कर्मचारीले अघि सारेका विषयमा पाटी संगठन गम्भिर भएको बताउँदै कर्मचारीमैत्री कानुन बनाउने तर्फ जोडदिए । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका नेता प्रताप चन्द, लोकेन्द्र प्रशाद भट्ट, हरक सिह धामी, धौलराम सार्की सहितका कर्मचारीले संघीय निजामती ऐन विभेद रहित सम्पूर्ण कर्मचारीमैत्रीमा जोडदिएका छन । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष मान बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्तममा एमाले कञ्चनपुर सचिव पल्लवराज भट्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा पेशागत महासंघका केन्द्रीय सदस्य जयन्ति पन्त, गंगादत्त जाेशी लगायत निजामति कर्मचारी, जनप्रतिनिधी एव एमाले नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।


#निजामति कर्मचारी

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>