Samriddhipost
२०८१ मङि्सर ०८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख १० गते आइतबार

गण्डकिमा ढल्याे एमाले सरकार, पुगेन ७ मत ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभा बैठकमा पेस गर्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकार गरेको छ । अधिकारीले उक्त प्रस्ताव शनिवार बसेको प्रदेशसभा बैठकमा पेस गरेका थिए ।

६० सदस्यीय प्रदेशसभाबाट विश्वासको मत पाउन मुख्यमन्त्री अधिकारीलाई ३१ सांसदको समर्थन आवश्यक थियो । तर अधिकारीको पक्षमा २४ जना सांसदको मात्र मत प्राप्त भयो । यस्तै ३५ जना सांसदले विपक्षमा मत दिएपछि उनले विश्वासको मत गुमाएका थिए ।

अधिकारीलाई एमालेको २२ र राप्रपाका २ सांसदले मत दिएका हुन् । माओवादीका ७, कांग्रेसका २७ र स्वतन्त्र सांसदले विपक्षमा मत दिएका थिए । मतदानमा ५९ जना सांसद उपस्थित भएका थिए ।

केन्द्रको समीकरण अकस्मात फेरिएपछि गण्डकीको मुख्यमन्त्री बन्नुभएका अधिकारी अल्पमतमा परेपछि स्वतः पदमुक्त भएका हुन ।

चैत १० गते माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिँदै सरकार समर्थन फिर्ता लिएका थिए । गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ७, राप्रपाका २ र एकीकृत समाजवादीका एक सांसद छन्।

मुख्यमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा अब गठबन्धनको नेतृत्वमा सरकार बन्नेछ ।


#गण्डिक सरकार

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>