Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
बेलाैरि
२०८० बैशाख १० गते आइतबार

बेलाैरि उद्याेग वाणिज्य संघ चुनाव  लक्ष्मिनारायण लाई पराजित गर्दै १९ मतले बिष्ट बिजयी

बेलौरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र सदस्य पदको चुनावको अन्तिम नतिजा आएको छ।

शनिबार बिहानै देखि अध्यक्ष,वरिष्ठ उपाध्यक्ष र सदस्यका लागि मतदान भएको थियो। अध्यक्षमा हिरासिंह बिष्ट बिजयी भएका छ्न।

विष्ट २ सय ४८ मत ल्याउदै अध्यक्ष पदमा बिजयी भएका हुन। उनले निकटतम प्रतिद्वन्द्वी लक्ष्मीनारायण चौधरीलाई १९ मतले पराजित गरेका हुन।

चौधरीले २ सय २९ मत ल्याएका हुन । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा डम्बर दत्त भट्ट (हिरासिंह बिष्ट प्यानलबाट) बिजयी भएका छन। भट्टले लक्ष्मीनारायण चौधरी प्यानलका जल बहादुर चौधरीलाई पराजित गरे।

आठ जना सदस्य पदमा हिरासिंह बिष्ट प्यानलबाट देव बहादुर शाही, भवेश्वर पाण्डेय, यम बहादुर खत्री, कृष्ण प्रसाद बगाले, घनराज सुवेदी र दिनेश बहादुर कुँवर विजयी भए।

लक्ष्मीनारायण चौधरी प्यानलबाट आशिष सुनार, रामेश्वर न्यौपाने विजय भएका छन। बेलौरी उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि आज बिहानैदेखि मतदान भएको थियो।

आज भएको चुनावमा जम्मा ५ सय २८ जना मतदाता थिए। जसमा ५ सय ४ मत खसेको थियो। १५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। उद्योग उपाध्यक्षमा विजयलक्ष्मी श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा हरिप्रसाद खरेल, महासचिवमा गोविन्द प्रसाद सापकोटा, सचिवमा वसन्त पुन मगर, कोषाध्यक्षमा महेन्द्र सिंह बुडाल यसअघिनै निर्विरोध निर्वाचित भइसकेका थिए।


#नगर उद्याेग वाणिज्य संघ

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>