Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख १० गते आइतबार

बाघकाे आक्रमणमा परि मृत्यु भएकि चन्दका परिवारलाई क्रिया दिईयाे ।

कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुइ बस्ने ४२ वर्षिय गङगा चन्दको शुक्रबार बिहान घास काट्ने क्रममा बाघको आक्रमणमा परि मृत्यु भएको थियोे । मृत्युकका परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसि ) ले क्रिया खर्च बापतको रकम आईतबार हस्तान्तरण गरेको छ।

शुक्लाफाटा र बर्दिया राष्ट्रिय निकुञ्जको प्राबिधिक टोलिले शनिबार बिहान ८ बजे बाघलाई नियन्त्रणमा लिए पश्चात् आक्रमणमा परि बेपत्ता भएकी चन्दको शब आक्रमण स्थल नजिकमा भेटिएको थियो।

राष्ट्रिय प्राकृतिक सरक्षण कोष (एनटिएनसि ) मझगाउका कार्यालय प्रमुख लक्ष्मीराज जोशी ,डिभिजन बन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु प्रसाद तिवारी, कुण्डा सब डिभिजन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादव, शुक्लाफाटा राष्ट्रिय निकुञ्जका मेजर नवीन सिंह बोहरा,बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बिसराम राना लगायत उपस्थितिमा मृतकको घरमा पुगि क्रिया खर्च बापतको रकम पचास हजार रुपैयाँ मृतकका पति डम्बर चन्दलाई हस्तान्तरण गरिएको छ । डिभिजन बन कार्यालय कञ्चनपुरका प्रमुख तिवारीका अनुसार मृतक परिवारलाई नेपाल सरकारले उपलब्ध गराउने क्षेतिपुर्ती बराबरको दश लाख रुपैयाँ आवश्यक कागजातहरु प्रक्रिया पूरा गरे पश्चात् अबिलम्ब प्रदान गराइने उहाँले बताउनुभयो ।यस्तै बेलौरी नगरपालिका ८ पचुइ नजिक नियन्त्रणमा लिएको बाघलाई शुक्लाफाटा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइ निकुञ्ज कार्यालयले ललितपुरमा रहेको जावलाखेल चिडियाखाना पठाइएको कुण्डा सव डिभिजन बन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभएको छ ।


#बाघकाे आक्रमणमा परेका परिवारलाई क्रिया खर्च उपलब्ध

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>