Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख ११ गते सोमबार

आजदेखि भीमदत्तबाटै श्रम स्वीकृति दिन सुरु, २ जना स्थानियले पाए श्रम स्विकृति ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले आज (सोमवार) देखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिन शुरु गरेको छ ।

वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ । भीमदत्त नगरपालिकाले २ जना स्थानियलाई सोमवार श्रम स्वीकृत प्रदान गरेको छ । वडा नम्बर ९ निवासी आनन्द सिंह रावत र वडा नम्बर ८ निवासी भवान सिंह भण्डारीलाई भीमदत्त नगरपालिकाका नगर उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख नीलम लेखक जोशीले खादा ओडाएर श्रम स्वीकृत पत्र प्रदान गर्नुभएको हो ।

आजदेखि नगरको रोजगार सेवा केन्द्रमा आवेदन गरी श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिने भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख नीलम लेखक जोशी बताउनुभयो । ‘विगतमा श्रम स्वीकृत लिन राजधानी काठमाण्डौँ जानुपर्ने बाध्यता, समयमा काम नहुने, खर्च बढी हुने लगाएतका थुप्रै समस्या वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले भोग्नु पथ्र्यो ।’ उहाँले भन्नुभयो ‘जब सरकारले श्रम स्वीकृत स्थानिय तहबाट समेत प्रदान गर्न सकिने प्रावधान ल्यायो तबबाट हामीले,हाम्रा कर्मचारीहरु वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई जतिसक्दो छिटो नगरपालिकाबाटै श्रम स्वीकृती प्रदान गर्नेगरी काम गर्यौँ र आजबाट नगरपालिकाबाटै श्रम स्वीकृत प्रदान गर्ने सेवाको सुरुवात भएको छ ।’

उहाँले अगाडी भन्नुभयो ‘अब पहिलेको जस्तो समस्या स्थानियहरुले भोग्नु पर्दैन ।’ नगरपालिकाबाटै श्रम स्वीकृत पाएपछी भीनपा–९ का रावतले खुशी लागेको बताउनुभयो । ‘पहिला यो श्रम स्वीकृत लिन काठमाण्डौँ जानु पथ्र्यो,त्यहाँ होटेलमा बस्न, आउन, जान गाडी भाडा लगाएत धेरै खर्च हुन्थ्योँ ।’ उहाँले भन्नुभयो ‘खर्च भएपनि समयमा काम नहुने, विभिन्न प्राविधिक कारण देखाएर काम नगर्दिने लगाएतका धेरै समस्या झेल्नुपर्ने बाध्यता थियो ।’ उहाँले अगाडी भन्नुभयो ‘अहिले आफ्नै घर छेउको नगरपालिकाबाटै श्रम स्वीकृत पाउँदा निकै खुशी लागेको छ । यसले हामी विदेश जानेहरुलाई धेरै नै सहज भएको महशुस भएको छ ।’ भीमदत्त नगरपालिकाका रोजगार संयोजक मीन बहादुर महराकाअनुसार सरकारी व्यवस्थाअनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो र सहज बनाउन स्थानीय तहबाटै उक्त व्यवस्था सुरु गरिएको हो ।

गत चैत १६ गते नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय) को मन्त्रीस्तरिय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो । वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा जोडेर विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रुपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ 


#श्रम स्विकृति

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>