आईतबार अपरान्ह ४ बजेकाे समयमा ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले बेलडाँडी- २ क्याम्पबाट दुई जनालाई लागू औषध खैराे हिराेईन सहित पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका- १ लक्ष्मीटोल बस्ने बर्ष २३ का पदम भट्ट र भिमदत्त नगरपालिका-४ भगतपुर बस्ने ३३ का सुरेन्द्र थापा रहेकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरिक्षक पुष्कर पन्तले जानकारी दिनु भयाे ।
उनका अनुसार “शंका लागि चेकजाँच गर्दा उनिहरूकाे साथबाट प्लाष्टीक सहित ५ ग्राम ४ मिलिग्राम र प्लाष्टीक हटाई तौल गर्दा ४ ग्राम ८० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो पदार्थ बरामद गरेकाे बताउनु भयाे ।”
उनिहरूलाई बेलडाँडीबाट दैजि तर्फ जाँदै गरेकाे अवस्थामा सवार सु.प.प्र.०२००३ प ६१७७ नम्बरकाे माेटरसाईकल सहित पक्राउ गरेकाे प्रहरी निरिक्षक पन्तले बताउनु भयाे ।
पक्राउ परेका दुबै जनालाई कानुनि कार्वाहि सहित थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएकाे छ ।
पछिल्लाे समय खुला सिमा नाकाकाे फाईदा उठाउदै जिल्लाकाे दक्षिणि क्षेत्रमा लागू औषध काराेवारमा संलग्नहरू पक्राउ पर्नेकाे संख्यामा बृद्वि भएकाे छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया