Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दार्चुला
२०८० बैशाख १२ गते मङ्गलबार

अपिहिमालकाे पाँच बर्षमा उत्कृष्ट पर्यटन गन्तव्य बन्ने लक्ष्य यस्ता छन आधार ।

अपिहिमाल गाउँपालिकालाई पाँच वर्ष भित्र सुदूरपश्चिम प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा चिनाउने लक्ष्य रहेकाे एक साेमबार बिजप्ति जारि गरि जानकारि दिएकाे छ ।

पालिकाले पर्यटन क्षेत्रको पूर्वाधार निर्माण तथा कार्यक्रममा विशेष जोड दिएकाे उल्लेख गर्दै, यस आर्थिक वर्षमा नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र प्रदेश सरकार संगको सहकार्यमा महत्वपूर्ण कार्यहरु भएकाे उल्लेख गरेकाे छ ।

यस्ता छन पर्यटन प्रवर्द्धन तय गरेका आधारहरु

पर्यटक पदमार्ग मकरीगाडमा फोहर व्यवस्थापनको लागि डम्पिङ साइड निर्माण सम्पन्न, मकरीगाड बजार क्षेत्रमा पर्यटकीय सूचना केन्द्र निर्माण तयारी ।

होम स्टेहरु तालिम सम्पन्न भएर संचालनमा रहेको, पर्यटक पथ प्रदर्शक टुरिष्ट गाइड तालिम सम्पन्न मै ३० जनालाई लाइसेन्स प्रदान गरिएको ।

पर्यटकीय क्षेत्र तथा रुट सहितको नक्सा बनाउने कार्यको सुरुवात गरिएको ।प्राचिन स्वाउजे मन्दिर पुर्ननिर्माण कार्यको सुरुवात गरिएको ।

धार्मिक पर्यटकीय क्षेत्र पुनर्निर्माण अन्तर्गत सितौ महादेव मन्दिर, लाटाबाग मन्दिर, भवानी पसराल मन्दिर लगायत धार्मिक तिर्थ स्थल निर्माण सम्पन्न गरिएको ।

अपिहिमाल जाने नयाँ ट्रेकिङरुट निर्माण अन्तर्गत थुम्ति, भुकावन, लुम्चा, खायकोट पदमार्ग निर्माण सुरुवात गरिएको । पाटु, घुसा, सिती, खायकोट पदमार्ग १० कि मि निर्माणाधिन । खायकोट, सिमार, धौलिओडार पदमार्ग २० कि मि निर्माणाधिन ।

पर्यटक पदमार्गमा संकेत चिन्ह राख्नेकार्यको सुरुवात भएको । पाचहजार मिटर भन्दा माथिका हिमालहरुको उचाई र वेश क्याम्प पहिचान तथा नामाकरण कार्यको सरुवात गरिएको उल्लेख पालिका द्वारा जारि बिज्ञप्तिमा उल्लेख गरेकाे छ ।

भ्रमण सप्ताहमा खास गरि अपि वेश क्याम्प, कालीढुङ्गा ताल, अभय ताल, चमेलिया नदीको मुहान, नाम्पा हिमाल वेश क्याम्पको भ्रमण गर्नुको साथै अपिहिमाल गाउँपालिका भित्रका होम स्टेहरुको बाँस र मल्देशी भेष भुषा तथा सांस्कृतिक कार्यक्रमहरु समेत देख्न सकिने बिज्ञप्तिमा उल्लेख गरिएकाे छ  ।

भ्रमण सप्ताहमा पाल्नु हुने स्वदेशी तथा विदेशी आगन्तुकहरुलाई होम स्टेहरुको खाना बाँसको व्यवस्थापन र
देश क्याम्पमा खाना बाँसको व्यवस्थापन पालिकाको तर्फबाट गरिने साथै व्यवस्थापनमा सहजताको लागि ३ चरणमा टोली विभाजन गरिने छ । र आगन्तुकहरुले टोली छनौट गरि सोही अनुसार सम्पर्क व्यक्तिलाइ सम्पर्क गरि नाम टिपाउन समेत अनुरोध पालिकाले गरेकाे छ ।


#अपि हिमाल

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>