Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० बैशाख १३ गते बुधबार

दोधारा चाँदनी– ४ वडा कार्यालयले दियो क्रिकेट एकेडेमीलाई खेल सामग्री दोधारा ।

दोधारा चाँदनी नगरपालिकामा क्रिकेट एकेडेमीलाई खेल सामग्री हस्तान्तरण गरेको छ् ।

दोधारा चाँदनी– ४ वडा कार्यालयले दोधारा चाँदनी क्रिकेट एकेडेमीलाई खेल सामग्री हस्तान्तरण गरेको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् । वडा कार्यालयको चालु आर्थिक वर्षको बजेट अनुसार दोधारा चाँदनी क्रिकेट एकेडेमीलाई खेलाडीहरुलाई पोशाक, क्रिकेटका लागी चाहिने सम्पुर्ण किट हस्तान्तरण गरिएको दोधारा चाँदनी– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । वडामा रहेका खेल र खेलाडीहरुलाई अगाडी बढाउने उद्धेश्यले सघाएको वडाध्यक्ष सुनारले बताएका छन् ।
आज एक कार्यक्रमको बिच वडा कार्यालयमा दोधारा चाँदनी क्रिकेट एकेडेमीका अध्यक्ष प्रकाश साँउदलाई उक्त खेल सामग्री हस्तान्तरण गरेका हुन् । खेल सामग्री हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी क्रिकेट एकेडेमी अध्यक्ष प्रकाश साँउदले वडा कार्यालयले क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षले गर्दै आएको सहयोगको प्रशंसा गर्दै क्रिकेट एकेडेमीले दोधारा चाँदनी नगर क्षेत्रमा राम्रा खेलाडीको खोज संगै खेलाडीहरुलाई आवश्यक तालिमको ब्यवस्था गर्दै आएको बताएका छन् । खेल सामग्री हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, वडा सदस्य गगन बहादुर सिंह, दोधारा चाँदनी क्रिकेट एकेडेमी अध्यक्ष प्रकाश साँउद लगाएत एकेडेमीका पदाधिकारी तथा खेलाडीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>