कैलालीमा बुवाले आफनै छोराको हत्या गरेका छन्।
धनगढी उप-महानगरपालिका-६ मट्यारीमा शनिबार दिउसो इटा प्रहार गरी ४७ वर्षका महेश कुमार चौधरीले आफ्नै २१ वर्षका छोरा अर्जुनको हत्या गरेको प्रहरीले जनाएको छ।
घर देखि करिब १५० मिटर टाढा जंगलमा ईटाले टाउकोमा प्रहार गरी बुवा महेशले छोराको हत्या गरेको डिएसपी कुलदीप चन्दले बताए।
अर्जुनको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा टोली खटिएको थियो।
यस्तै थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी प्रमुख एसपी देवेन्द्र बहादुर पाल पनि घटनास्थल पुगेका थिए। प्रहरीले बुवा महेश कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया