Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख १७ गते आइतबार

शुक्लफाँटाकाे वनमा भेटियाे मानव कंकाल, अनुसन्धान गर्दै प्रहरी ।

शुक्लाफाँटा नगरपालिकाको सामुदायिक वनमा मानव कंकाल फेला परेको छ। वडा नम्बर ११ स्थित कालिका सामुदायिक वनमा आइतबार मानव कंकाल भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ। 

शव सडेगलेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले बताए। ‘घाँटी भन्दा माथिको भाग डोरीमा झुण्डिएकै अवस्थामा थियो, शरीरका अन्य अंगहरु स्याललगायत जंगली जनावरहरुले लुछेर लगेको देखिन्छ,’ उनले भने। 

टाउँकोको आधा खप्पर, कपडा र हड्डीलगायत केही भाग रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ। बस्ती भन्दा करिब ३ किलोमिटर टाढा रहेको घटनास्थलमा आज दाउँरा लिन गाउँकै मानिस गएका थिए। 

बिहान करिब ९ बजे मानव कंकाल भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। ईलाका प्रहरी कार्यालय झलारीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर शव पोस्टमार्टमको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ। 

भुइँमा टोपी, चप्पल र केही हड्डी पनि भेटिएका छन्। कपडा र खुइलिएको टाउँको हेर्दा पुरुषको कंकाल जस्तो लागेपनि एकिन नभएको प्रहरीले जनाएको छ। करिब १५ दिनभन्दा अघिको घटना हुनसक्ने र यसबीचमा हराएकाहरुको सूची अध्ययन भइरहेको पनि प्रहरीको भनाई छ।


#मानव कंकाल

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>