Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दाेधारा चादनी
२०८० बैशाख १७ गते आइतबार

दोधारा चाँदनीमा कृषी क्षेत्रलाई उकास्न प्राविधिक कृषी शिक्षाका अध्यनरत बिद्यार्थीलाई छात्रबृति बितरण

दोधारा चाँदनी नगरपालिकामा बाली बिज्ञानमा अध्यनरत बिद्यार्थीहरुलाई छात्रबृति रकम बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीको निती र कार्यक्रम अनुसार भानु माध्यमिक बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई छात्रबृति रकम हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका– ६ स्थित रहेको भानु माध्यमिक बिद्यालयमा प्राविधिक कृषि शिक्षा बाली बिज्ञानको पठनपाठन भइरहेको छ । ०७६ साल देखि सो बिधालयमा १८ महिने बाली बिज्ञान प्राबिधिक शिक्षा पढाई सुरु भएको हो । एक कार्यक्रमको बिच बाली बिज्ञानमा अध्यनरत २० जना बिद्यार्थीहरुलाई रु. १० हजारको दरले छात्रबृति रकम बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीले जानकारी दिएका छन् । कृषी क्षेत्रलाई बढावा दिदै दक्ष किसान उत्पादन गर्ने उद्धेश्यले १८ महिने बाली बिज्ञानमा अध्यनरत बिद्यार्थीहरुलाई सघाउने प्रयत्न गरेको दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीले बताउनुभएको छ् ।

खाद्य सामग्री लगाएत तरकारीमा नगरपालिका क्षेत्र भारतिय बजारमा निर्भर भएको अवस्थामा भानु माध्यमिक बिद्यालयले संचालन गर्दै आएको १८ महिने बाली बिज्ञान कक्षाले कोशेढुङ्गा सावित हुने बिश्वास गरिएको छ् । गाँउमै प्राविधिक शिक्षा ‘बाली बिज्ञान’ पढ्दै विद्यार्थी धनसरा नाथ योगीले नगरपालिकाका नगरप्रमुख गंगा देबी जोशीले बिद्यार्थीलाई छात्रबृति रकम बितरण गरि पठन पाठन कार्यमा सघाउनुभएको बताएका छन् । आर्थिक अवस्था कमजोर भएको बिद्यार्थीहरुलाई नगर उपप्रमुखको छात्रबृति रकमले पठन पाठन कार्यमा निकै सहयोग हुने बिद्यार्थी धनसरा नाथ योगीले बताउनुभएको छ् । छात्रबृति रकम बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशी, नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा नगरप्रबक्ता ओंम बस्नेत, भानु माध्यमिक बिद्यालयमा प्रअ यज्ञराज पण्डित लगाएत बिद्यार्थी तथा शिक्षकको उपस्थिती रहेको थियो । पछिल्लो समयमा गाँउमै प्राविधिक शिक्षा पढ्न पाएकामा बिद्यार्थीहरु पनि खुशी छन् । प्राविधिक शिक्षा सञ्चालन संगै पढाइका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ् । गाँउमै बसेर विद्यार्थीले कम खर्चमै गुणस्तरीय प्राविधिक शिक्षा पढ्न पाउदै आएका छन् । दोधारा चाँदनी नगरपालिकामा एक मात्र प्राविधिक कृषि बाली बिज्ञान भानु माध्यमिक बिद्यालयमा पठनपाठन हुादै आइरहेको छ । गाँउमै प्राविधिक कृषि शिक्षा बाली बिज्ञान पढ्न पाउदा विद्यार्थीहरु पनि खुशी छन् । प्राविधिक विषय प्रति चाँसो बढ्दै गएको छ् । प्राविधिक शिक्षा लिदा काम पाउन कुनै समस्या नहुने भएकाले पनि नयाँ विषयप्रति विद्यार्थीहरुको रुचि बढेको पाईन्छ । बाली विज्ञानको अध्ययनपश्चात् गाँउमानै काम पाइने भएकाले पनि विद्यार्थीहरुको रुचि बढेको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>