Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
डाेल्पा
२०८० बैशाख १७ गते आइतबार

इन्पेक्टरले निर्घात कुटे हवल्दार, थप उपचारका लागि नेपालगन्ज लग्ने तयारि ।

जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले विना कारण प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् । उनले शनिबार बिदामा रहेका हवल्दार हरि आरसीलाई कार्यालयमा बोलाई कुटपिट गरेका हुन् । 

जिल्ला कारागार, डोल्पामा कार्यरत सल्यान सिद्धकुमाख गाँउपालिका वडा नम्बर ३ घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ । उनको जिल्ला अस्पताल, डोल्पामा उपचार भइरहेको छ । थप उपचारका लागि उनलाई नेपालगञ्ज पठाउन लागिएको छ । 

 ‘बिदाको दिन म साथीहरुसँग बसेर रमाइलो गरिरहेको थिएँ, इन्स्पेक्टर साबले बोलाउनु भयो, म विशेष काम परेको होला भनेर मादक पदार्थ सेवन गरेको भएपनि उहाँलाई भेट्न गएँ, तर उहाँले मलाई एक्कासि कुटपिट गर्नुभयो,’ उनले भने, ‘कुटपिटबाट मेरो बाँया आँखामा ठूलो चोट लागेको छ, हेर्न पनि गाह्रो भइरहेको छ । नाकमा चोट लागेको छ ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले आफू कार्यालय बाहिर रहेकाले घटनाको ’ बारेमा विस्तृत थाहा नभएको बताउँदै अनुसन्धान भइरहेको बताए । अनुसन्धानपछि दोषीलाई कारबाहीको दायरामा ल्याउने पनि उनले बताए ।


#कुटपिट

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>