कञ्चनपुरको लालझाडी गाउँपालिकाले 'नागरिकसँग गाउँपालिका अध्यक्ष’ स्वास्थ्य विशेष कार्यक्रम सुरु गरेको छ । जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँबासीहरूको स्वास्थ्य अवस्थाबारे बुझ्नका लागि र रोगको पहिचान गरी उपचारका योजना बनाउन गाउँपालिकाले 'नागरिकसँग गाउँपालिका अध्यक्ष’ स्वास्थ्य विशेष कार्यक्रमको सुरुवात गरेको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनु भयो ।
आइतबार शुभारम्भ गरिएको 'नागरिकसँग गाउँपालिका अध्यक्ष’ स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गत अब सबै वडाहरूमा नागरिकको घर दैलोमै गई सेवा प्रवाह गरिने लालझाडी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक खगेन्द्र चौधरीले जानकारी दिनुभयो । कार्यक्रमबाट लक्षित वर्गका नागरिकसम्म स्वास्थ्य सेवा सहज तरिकाले पु¥याउने उद्देश्यले उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीको समस्या पहिचान, महिलाको आङ खस्ने समस्या, मिर्गौला पीडित, क्यान्सर र अन्य दीर्घ रोगी लगायतको खोज पड्ताल गरी जानकारी लिने र उपचार योजना बनाइने संयोजक चौधरीले बताउनु भएको छ । स्वास्थ्यकर्मी सहितको टोली घर दैलोमा गई स्वास्थ्य चेकजाँच र आवश्यक परामर्शमा केन्द्रित हुने बताइएको छ ।
शुभारम्भका क्रममा कार्यक्रममा सहभागीहरूको उच्च रक्तचाप र मधुमेहका लागि रगत जाँच गरिएको छ । कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्ट लगायतका कर्मचारीहरू, स्वास्थ्यकर्मीहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियोे ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया