Samriddhipost
२०८२ साउन ०४ गते आइतबार
ट्रेन्डिङ
दार्चुला
२०८० बैशाख २० गते बुधबार

दार्चुलाकाे हिमपहिराेमा बेपत्ता ५ जनाकाे परिचय खुल्याे ।

दार्चुलाको ब्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका ५ जना यार्सागुम्बा संकलकको परिचय खुलेको छ।

बेपत्ता मध्ये ३ जना डोटी बुडरका छन् भने २ जना व्याँसको छिमेकी दुँहु गाउँपालिकाका बासिन्दा भएको प्रहरीले जनाएको छ। हिमपहिरोले मंगलबार दिउसो यार्सा संकलक बसिरहेको टेण्टहरु पुरेको थियो। पुरिएका मध्ये ७ जनाको सुरक्षाकर्मीले हिजै उद्धार गरी छाङरु ल्याएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार बेपत्ता हुनेमा डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा, सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा रहेकी छन्। 

यस्तै उक्त हिमपहिरोमा परी दुँहु गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर पनि बेपत्ता भएका छन्। उक्त क्षेत्रमा लगातार हिमपात भइरहेको छ। बाक्लो हिउ र अध्याँरो भएकाले छाङरुबाट गएको सशस्त्र र नेपाल प्रहरीको टोली हिजो साँझ ७ जनाको उद्धार गरी फर्किएको थियो। हिजाे अध्याराेका कारण फर्किएकाे टाेलि आज घटनास्थलतर्फ जाने प्रहरी निरीक्षक सिंहले जानकारी दिए।


#हिम पहिराे

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>