Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दार्चुला
२०८० बैशाख २० गते बुधबार

दार्चुलाकाे हिमपहिराेमा बेपत्ता ५ जनाकाे परिचय खुल्याे ।

दार्चुलाको ब्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका ५ जना यार्सागुम्बा संकलकको परिचय खुलेको छ।

बेपत्ता मध्ये ३ जना डोटी बुडरका छन् भने २ जना व्याँसको छिमेकी दुँहु गाउँपालिकाका बासिन्दा भएको प्रहरीले जनाएको छ। हिमपहिरोले मंगलबार दिउसो यार्सा संकलक बसिरहेको टेण्टहरु पुरेको थियो। पुरिएका मध्ये ७ जनाको सुरक्षाकर्मीले हिजै उद्धार गरी छाङरु ल्याएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार बेपत्ता हुनेमा डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा, सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा रहेकी छन्। 

यस्तै उक्त हिमपहिरोमा परी दुँहु गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर पनि बेपत्ता भएका छन्। उक्त क्षेत्रमा लगातार हिमपात भइरहेको छ। बाक्लो हिउ र अध्याँरो भएकाले छाङरुबाट गएको सशस्त्र र नेपाल प्रहरीको टोली हिजो साँझ ७ जनाको उद्धार गरी फर्किएको थियो। हिजाे अध्याराेका कारण फर्किएकाे टाेलि आज घटनास्थलतर्फ जाने प्रहरी निरीक्षक सिंहले जानकारी दिए।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>