कञ्चनपुरको पुनर्वासबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ। बुधबार राति करिब साढे ९ बजेतिर पुनर्वास नगरपालिका –५ स्थित दोदा पुल नजिकबाट ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रहरी निरीक्षक नरेशराज मल्लको कमाण्डमा खटिएको टोलिले ६ सय मिलिग्राम खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ मटियारी बस्ने २५ वर्षीय प्रकाश राना, गोदावरी नगरपालिका–९ मरकट्टीका सुवास राना र बेलौरी नगरपालिका–६ रिछाहका १८ वर्षीय सागर राना रहेका छन्। उनीहरुको साथबाट प्रदेश नं ३–०२–००१ प ११४८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरी निरीक्षक मल्लले बताए।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया