Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख २१ गते बिहिबार

दोधारा चाँदनीमा आर्युबेद उपचारमा सेवामा आकर्षण बढ्दो ।

दोधारा चाँदनी नगरपालिकाका स्थानिय नागरिकहरु आर्युवेदिक उपचार तर्फ आकर्षित बन्दै गएका छन् । झण्डै २ वर्ष अघि मात्र दोधारा चाँदनी नगरपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना भएपछि स्थानियहरु आयुर्वेदिक उपचारको सहज पहुचमा पुगेका हुन।

नगरपालिका कार्यालयको एक कक्षमा नागरिक आरोग्य सञ्चालनमा रहेको छ् । अहिले आएर केन्द्रले सेवा बिस्तार गर्दै पञ्चकर्म सेवा समेत संचालनमा ल्याएको छ् । सेवा केन्द्रमा दैनिक ३० देखि ४० जना सम्म सेवाग्राही आउने गरेको नागरिक आरोग्य सेवा केन्द्र दोधारा चाँदनीका बैद्य राजु जोशीले जानकारी दिएका छन् ।

व्यस्त जीवनशैली, खानपानमा हेलचक्राई लगाएतले निम्त्याउने रोगलाई निवारण गर्न आयुर्वेद उपचार प्रभावकारी बन्दै गएको हो । ‘आयुर्वेद सेवा दिन प्रति दिन आकर्षणको केन्द्र बनेको छ् । सेवाग्राही आईरहने क्रम बढेकाले आयुर्वेद सेवा प्रभावकारी बनेको देखिन्छ,’ बैद्य जोशीले भने ।

आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको उनले बताए । ‘आयुर्वेदीक औषधिले अन्य असर नगर्ने भएकाले यसमा नागरिकको आकर्षण बढ्दै गएको हो’ बैध जोशीले भने ।

नागरिक आरोग्य केन्द्र दोधारा चाँदनीमा बैध राजु जोशी, अभ्यङकर्ता महेश राज बिष्ट, लक्ष्मी कुमारी ऐर कार्यरत रहेका छन् । संघिय सरकारको नीति तथा कार्यक्रम अनुसार सबै स्थानिय तहहरुका जनताहरुको आयुर्वेदिक उपचारमा पहुँच बढाउने  कार्यक्रम अन्तरगत नागरिक आरोग्य केन्द्र स्थापना गरिएको हो ।

आयुर्वेदिक उपचार तथा औषधीका लागि भारत तथा सदरमुकाम जानुपर्ने बाध्यता हटेको सेवाग्राहीले बताएका छन् । केन्द्रमा ग्यास्ट्रीक, बाथरोग, सुगर, पायल्स लगाएतका बिरामीहरु बढी आउने गरेको नागरिक आरोग्य सेवा केन्द्र दोधारा चाँदनीले जनाएको छ ।

नागरिक आरोग्य केन्द्रमा २० प्रकारका निशुल्क औषधी, परामर्श, योग र पञ्चकर्म सेवा उपलब्ध गराईदै आएको छ् । आयुर्वेद स्वास्थ्य संस्थामा आउने सेवाग्राहीहरुको समस्याको निदान गरी आवश्यक परामर्श वा उपचार प्रदान गर्न यो सेवा सञ्चालनमा ल्याईएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताएका छन् ।  आरोग्य केन्द्रमा सेवाग्राहीहरुलाई आयुर्वेदिक उपचार संगै जीवनशैली परामर्श दिदै आएको नगरप्रमुख लिम्बुको भनाई रहेको छ् ।


#आयुर्वेदिक उपचार पद्धति

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>