Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० बैशाख २२ गते शुक्रबार

रेशम बादीको जग्गा छानबिन टोली बडवाल टोलमा पुग्यो : सात दिन भित्र प्रतिबेदन पेश गर्ने ।

बडवाल टोलको रेशम बादीको वास्तविक जग्गा पत्ता लगाउन दोधारा चाँदनी नगरपालिकाले गठन गरेको जग्गा छानबिन समितिको एक टोली आज बडवाल टोल पुगेको छ् ।

दोधारा चाँदनी नगरपालिका–३ बडवाल टोलमा बस्दै आएको रेशम बादीको जग्गा अतिक्रमण भएको भनिएको बिबाद भए संगै दोधारा चाँदनी नगरपालिका नगरकार्यपालिकाले वडाध्यक्ष हरिसिंह धनाडीको संयोजकत्वमा ५ सदस्यीय जग्गा छानबिन समिति गठन गरेको हो ।

छानबिन समितिका सदस्यमा वडाध्यक्ष पदम सिंह रावल, भक्त बहादुर सुनार, केशव खत्री र ज्ञानेन्द्र बहेक क्षेत्री रहेका छन् । बिगत देखि आफ्नो जग्गा अतिक्रमण भएको दाबी गदै आएका रेशम बादीको घरपरिवारले आफ्नो जग्गा पाँउ भनि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारलाई अनुरोध गर्दै आएका छन् ।
तत्कालिन माओबादी र नेपाल सरकारको द्धन्द्धको बेला नक्कली माओबादी बनेर जोगी महता लगाएत ब्यक्तीहरुले आतंक मच्चाउदै आएको बेला आतंक सहन गर्न नसकेर घर जग्गा छोडेर भारत पलाएन भएका रेशम बादी घरपरिवार झण्डै एक वर्ष देखि आफ्नो छाडेर गएको जग्गा पाँउ भन्दै दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा पाल टाँगेर बस्दै आएका छन् । यस भन्दा अघिको स्थानिय सरकारले बिरभाने बादी, कर्णे बादी र मृतक रंगलाल बादीको अतिक्रमित जग्गा बादी घरपरिवारलाई फिर्ता गरेको थियो भने, रेशम बादीको अतिक्रमण भनिएको जग्गा फिर्ता गर्न सकेको थिएन् । रेशम बादीले बारम्बार दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधीहरुलाई आफ्नो अतिक्रमण गरिएको जग्गा फिर्ता गर्न माँग राख्दै आएका हुन् ।

रेशम बादीले आफ्नो १५ कट्टा जग्गा अतिक्रमित भएको दाबी गर्दै आएका छन् । छानबिन समितिले उनिहरुको बिगतका दिनहरुमा रहेको बास्तविक जग्गाको बारेमा छानबिन गरि प्रतिबेदन नगरकार्यपालिकालाई बुझाउने छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष तथा बादी घरपरिवार जग्गा छानबिन समितिका सदस्य भक्त बहादुर सुनारले बादी घरपरिवार तथा स्थाीनयहरु संग बादी परिवारले छाडिगएको भनिएको जग्गाको बारेमा जानकारी लिएको बताएका छन् । ‘बादी घरपरिवारले बिगतका दिनहरुमा छाडिगएको भनिएको जग्गाको बिषयमा बादी घरपरिवार तथा स्थानियहरुको जानकारी संकलन गरेका छौं’ दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष तथा बादी घरपरिवार जग्गा छानबिन समितिका सदस्य भक्त बहादुर सुनारले भने– ‘प्रतिबेदन तयार पारेर एथासिघ्र नगरकार्यपालिकाको बैठकमा पेश गर्ने छौं ।’ टोलीले सात दिन भित्र छानबिन गरि दोधारा चाँदनी नगरपालिका नगरकार्यपालिकालाई प्रतिबेदन बुझाउने निर्णय गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>