Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख २२ गते शुक्रबार

घाँस बटुल्न सहयाेग गर्ने भन्दै युवती भईन बलात्कृत ।

खोटाङमा गोठालो गएकी युवती बलात्कृत भएकी छन् । बाख्रा गोठालो गएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी २० वर्षकी युवती बलात्कृत भएकी हुन् । युवतीलाई बाख्रा चराउन गएका २९ वर्षीय प्रतापजङ राईले जोरअंगेरी जंगलमा बैसाख १८ गते दिउँसो जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गएका अभियुक्तले युवतीलाई पात्लेको घाँस झार्ने र बटुल्न सहयोग गर्न भन्दै पात्लेको फेदमा लगेर करणी गरेको आफन्तले बताएका छन् । फुत्किन खोज्दा अभियुक्तले कपालमा समातेर तान्दै ओढारमा लगेर जवरजस्ती करणी गरेको किटानी जाहेरीमा उल्लेख छ । प्रतिकारका क्रममा घाइते अशक्त बनाएर करणी गरेको र निरन्तर रोईकराई गरेर चिच्याएपछि ‘धेरै कराइस, तँलाई मारिदिन्छु’ भन्दै दुबै हातले घाँटी थिचिरहेको अवस्थामा स्थानीय एक महिला घटनास्थल पुगेपछि अभियुक्त भागेको युवतीका परिवारले बताएका छन् । करणीका क्रममा निस्किएको चिच्याहट सुनेर स्थानीय महिला घटनास्थल पुगेको बताइएको छ ।

मरणासन्न अवस्थामा पुगेकी युवतीलाई तिनै महिलाले बोकेर खेतमा पुर्याएर परिवारलाई खबर गरेको जाहेरीमा भनिएको छ । युवतीलाई सोधपुछ गर्दा घटनाका विषयमा विस्तृत जानकारी भएको आफन्तले बताएका छन् । घटना लगत्तै जिल्ला अस्पताल लगिएकी युवतीलाई रेफर गरेपछि थप उपचारका लागि धरान लगिएको छ । जवरजस्ती करणी गरेर ज्यान मार्ने प्रयास गरेका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आफन्तले बैसाख १८ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका छन् । घटना लगत्तै आरोपित फरार भएकाछन् । घटनाको विषयमा अनुसन्धान सँगै फरार अभियुक्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्याल खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>