Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख २३ गते शनिबार

यसयसपिले निरिक्षण गरेकाे दाेस्राे दिन ड्युटिमा रहेका शसस्त्र प्रहरिमाथि खुकुरि प्रहार ।

कञ्चनपुरको दोधाराचाँदनीमा ड्युटीमा रहेका सशस्त्र प्रहरी बल नेपालका सई माथि खुकुरी प्रहार भएको छ । गए राति दोधाराचाँदनी नगरपालिका वडा नम्बर ७ कन्चनभोजमा ड्युटीमा रहेका कञ्चनभोज बिओपीका प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक नरेन्द्र चैसिरमाथि अराजक गिरोहले खुकुरी प्रहार गरेको हो ।

राति करिब १० बजेपछिको समयमा झोलुङ्गे पुलमा बसिरहेका किशोरावस्था र युवावस्थाका दस पन्ध्र जनाको एक गिरोहलाई राति राति यसरी घुमफिर नगर्न र आआफ्नो घर जान भनेको सशस्त्र प्रहरीको गस्ती टोली केही पर पुगी फर्किँदा सोही गिरोहका एक जना रोहन बयकले खुकुरी प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका सई नरेन्द्र चैसिरको  हातकाे पाखुरामा दर्ज्यानि चिन्ह लगाउने ठाउँतिर सामान्य चोट लागेको छ भने आक्रमणकारी गिरोह फरार रहेको बताइएको छ । नेपाल प्रहरी समेतको सहयोगमा आक्रमणकारीको खोजी गरी कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने सशस्त्र प्रहरीले जनाएको छ ।

घट्नाकाे एक दिन पहिला उक्त ठाउँमा सशस्त्र बाहिनिका यसयसपि किरण ढुङ्गाना निरिक्षणमा गएकाे, निरिक्षणका क्रममा लागू औषध ओसारपसार र मानव तस्करि नियन्त्रणमा निर्मम भएर लाग्न निर्देशन दिएकाे यसयसपि ढुङ्गाना बताउछन । उक्त क्षेत्रमा लागू औषध ओसारपसार र चोरी तस्करी नियन्त्रणका लागि खटिएको सुरक्षा निकायमाथि बेलाबेलामा प्रहार हुने गरेको छ ।


#खुकुरि प्रहार

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>