कोरोना सङ्क्रमितसहित भारतबाट फर्केकाहरुलाई राख्ने उद्देश्यले कैलाली र कंचनपुरमा निर्माण गरिएक एक/एक हजार शय्याको सुविधा सम्पन्न होल्डिङ सेन्टर अलपत्र परेको छ ।
सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपैयाँ लगानीमा कैलालिमा बनेको होल्डिङ सेन्टर प्रयोगमा नआइ अलपत्र परेको हो । गत वर्ष जेठमा तयार भएको होल्डिङ सेन्टर एक वर्षदेखि प्रयोगविहीन छ । यस्तै कंचनपुरकाे भगतपुरमा रहेकाे हाेल्डिङ सेन्टरकाे अवस्था पनि यस्तै रहेकाे छ ।कोरोना सङ्क्रमण फेरि बढ्न थाले पनि होल्डिङ सेन्टर के का लागि प्रयोग गर्ने भन्ने विषय नै अनिश्चित छ ।
धनगढीस्थित नेपाली सेनाको भवानी दल गणको अनुगमन र व्यवस्थापनमा बनेको सो होल्डिङ सेन्टर हस्तान्तरणसमेत हुन सकेको छैन । नेपाली सेनाले होल्डिङ सेन्टरको रेखदेख गर्दै आएको छ ।
होल्डिङ सेन्टर के का लागि प्रयोग गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै ठोस निर्णय हुन नसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ‘यसलाई के गर्ने भन्ने विषयमा हामीले गृहसंग छलफल गर्ने कार्य गरिरहेका छौं’, उनले भने,‘अहिलेसम्म के का लागि प्रयोग गर्ने वा कसलाई हस्तान्तरण गर्ने भन्ने कुनै ठोस निर्णय भएको छैन ।’
कोरोना महामारीका क्रममा गौरीफन्टा नाका भएर भारतबाट फर्केकाहरुलाई व्यवस्थापन गर्नका लागि ठूलो लगानीमा धनगढी उपमहानगरपालिका–३ बडहरामा होल्डिङ सेन्टर बनाइएको हो ।
त्यसमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्सा कोठा रहेका छन् । २०७८ असार ३ मा त्यसको ठक्का पाएर हनुमान कन्स्ट्रक्सनले निर्माणको काम गरेको थियो । २०७८ भदौ मसान्तमै होल्डिङ सेन्टर निर्माण सम्पन्न गर्नु पर्ने समायवधि तय गरिए पनि तोकिएको समयमा निर्माणको कार्य पूरा हुन सकेन । गत जेठमा निर्माणको काम सकिएको थियो । तर, बनेको होल्डिङ सेन्टर कुनै पनि प्रयोजनको लागि काम आउन सकेको छैन ।
प्रयोगविहीन होल्डिङ सेन्टर खुइलिदैं गइरहेको छ । साथै, पश्चिमतिर मोहना नदीले होल्डिङ सेन्टरलाई कटान गर्न सक्ने खतरा रहेको धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए । ‘अबको दुई महिनापछि वर्षात लाग्छ’, उनले भने,‘यदि, संरक्षण गर्न सकिएन भने पश्चिमतिर होल्डिङ सेन्टरलाई नदीले कटान गर्न सक्छ ।’
ठूलो बजेट आवश्यक पर्ने भएकाले स्थानीय सरकारले यसको संरक्षण र व्यवस्थापन गर्न नसक्ने भन्दै वडा अध्यक्ष ऐरले प्रदेश वा सङ्घीय सरकारले नै केहि गर्नु पर्नेमा जोड दिए । ‘यसको संरक्षण आवश्यक छ’, उनले भने,‘तर, सुदूरपश्चिम प्रदेश सरकार र सङ्घीय सरकारको यसतर्फ ध्यान गएको छैन ।’ नदी किनारमा तटबन्ध बनाउनका लागि बजेटको व्यवस्थापन गर्न जरुरी रहेको ऐरको भनाइ थियो । होल्डिङ सेन्टर कुनै पनि प्रयोजनका लागि प्रयोगमा नआए राज्यको ठूलो लगानी खेर जाने उनले उल्लेख गरे । यसको संरक्षणसहित सदुपयोग गर्न आवश्यक रहेको वडा अध्यक्ष ऐरको भनाइ थियो ।
प्रयोगविहीन होल्डिङ सेन्टरलाई अब होल्डिङकै रुपमा प्रयोग गर्ने वा के बनाउने भन्ने विषय नै अन्योल बनेको छ । होल्डिङ सेन्टरको रुपमा प्रयोग गर्दा त्यसको लागत खर्च नै धेरै आउने जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीको भनाइ छ । ‘यसलाई सञ्चालन गर्न धेरै खर्च आवश्यक पर्छ’, उनले बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया