Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
धनगढी
२०८० बैशाख २४ गते आइतबार

लागूऔषध खैरो हेरोइन ओसारपसारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार पक्राउ

अवैध लागूऔषध खैरो हेरोइन ओसारपसार तथा कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार प्रेमसिंह सुनार पक्राउ परेका छन्।

 

कैलालीको टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट उनी पक्राउ परेका हुन। इलाका प्रहरी कार्यालय टीकापुरले भारतीय बजार तीकुनियाँबाट टीकापुर आउँदै गरेका सुनारसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।

 

सुनारसँगै लम्कीका २६ वर्षीय सागर घिमिरे पनि पक्राउ परेका छन्। सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वाटर बनबेहडामा कार्यरत थिए।

 

वैशाख १४ गतेदेखि लागू हुने गरी १५ दिनको बिदामा घर आएका वेला लागूऔषधसहित सुनार पक्राउ परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले जानकारी दिए।

 

उनका अनुसार सुनारले ९१० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्वारमा लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन्।

 

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>