Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख २४ गते आइतबार

हाङ्गा लागेर मृत्यु भयाे भनिएका चाैधरिकाे बच्चराे लागेर मृत्यु ।

शुक्लाफाटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको बञ्चरोको प्रहारबाट मृत्यु भएको खुलेको छ । शनिबार गाउँलेहरुसँग बैजनाथ सामुदायिक वनमा काठ काट्न गएका उनको बञ्चरो प्रहारबाट मृत्यु भएको खुलेको हो । काठ काट्ने क्रममा स्थानीय ५१ वर्षीय लालबहादुर डगौराले चलाइरहेको बञ्चरो उछिट्टिएर अनिलको मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए ।

‘अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिएका थियौं, उनीहरु मध्येका लालबहादुरले काठ काट्ने क्रममा बञ्चरो उछिट्टिएर उनलाई लागेको खुलेको छ, उनले पनि बञ्चरो लागेर मृत्यु भएको स्वीकार गरेका छन्,’ उनले भने । घटनास्थल नजिकैबाट प्रहरीले बञ्चरोलगायतका काठ काट्न प्रयोग हुने औजार नियन्त्रणमा लिएको छ । लालबहादुरमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट म्याद थप समेत गरिसकेको छ । उनीसँगै पक्राउ परेका ४ जनालाई परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ ।

यसै गरि डिभिजन वन कार्यालय कञ्चनपुरले पनि अनुसन्धान गरिरहेको छ। छानविन गर्न शुक्लाफाँटा सवडिभिजन वन कार्यालयका प्रमुख दुर्गेश धामीको नेतृत्वमा टोली खटाइएको छ । सामुदायिक वनले रुख कटानका लागि आदेश समेत नलिएको पाइएको छ । छानविन समितिको प्रतिवेदनका आधारमा रुख काट्ने र काट्न लगाउनेमाथि वन ऐन अनुसार कारबाही गरिने डिभिवन कार्यालय कञ्चनपुरका प्रमुख सम्भु तिवारीले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>