Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख २५ गते सोमबार

बेदकाेटमा अबैध दाेहन भएकाे भन्दै एमालेले राेक्न माग गर्याे ।

नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले नियम विपरीत प्रकृतिक स्रोत साधनमा भइरहेको दोहन बन्द गर्न माग गरेको छ । आईतबार जिल्लाको बेदकोट नगरपालिका वडा नं ०४ स्थित बगुन खोलामा स्थलगत अनुगमन गर्दै नेकपा जिल्ला इन्चार्ज विराट सी ले ढुङ्गा ,बालुवा तथा गिट्टी जस्ता प्रकृतिक स्रोत साधनको चरम दोहन रोक्न माग गरेका हुन् ।

कुनै मापदण्ड विना ठेकदारले कमाउ धन्दाको रूपमा नदी नालालाई प्रयोग गरिरहेका छन् यस्तो कार्यका विरुद्ध नेकपा निर्मम ढंगले अगाडि बढ्छ , नेकपा नेता विराटले भने । प्रकृतिको संरक्षण गरेर वातावरणीय प्रदूषणलाई कम गर्नको साटो राज्यले नै निजी क्षेत्रलाई खोलानाला सुम्पेर वैधानिक रुपमा दोहन गर्न दिने कुरा यो राज्यको दलाल पूँजीवादको कारण भएको उनले बताए । जिल्ला इन्चार्ज विराटले भने ,“जिल्लाव्यापी नै जनताको आम जनसरोकारका मुद्दामा सक्रिय रहेको पार्टीले नाताले आज हामीले निर्माण कम्पनी र ठेकेदारलाई सचेत गराई यस्तो कार्य रोक्न भनेका छौं अन्यथा पार्टी संघर्षमा जान्छ । ”राज्यका जन प्रतिनिधिकै मीलेमोतोमा यस्ता उत्खननका कार्य भइरहेको नेकपाको भनाइ छ । नदीजन्य वस्तुको चरम उत्खननले वातावरणीय सन्तुलनलाई समेत नकारात्मक प्रभाव पार्ने भएका कारण उत्खनन कार्य रोक्नुपर्ने नेकपा एक नेताले बताए ।

सो खोलाको उत्खनन ठेक्का निर्माण कम्पनी गणपति कन्स्ट्रक्सनका ठेकेदार किशोर विष्टले भने आफूहरुले नियम भित्रै रहेर काम कारबाही गरिरहेको बताए । उनले भने , “हामीहरूले तोकिएको नियम बमोजिम नै काम कारबाही गरिरहेका छौं तर स्थानीय तहले यसको संरक्षणमा ध्यान दिएको छैन ।नदी क्षेत्रमा भइरहेको चरम उत्खननले भने नजिकका बस्तीहरूमा कटानको समस्या पैदा गर्ने देखिन्छ । उत्खननले गर्दा वर्षाको समयमा हाम्रो जमीनमा नदीको कटान लाग्ने सम्भावना छ तर यो तर्फ न त ठेकेदारको ध्यान छ न त कुनै जनप्रतिनिधिको , एक स्थानीयले बताए ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>