Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० बैशाख २५ गते सोमबार

नेपाल ट्रेड युनियन काग्रेस कंचनपुरमा जाेशीलाई पराजित गर्दै पन्त बिवयी ।

नेपाल ट्रेड यूनियन काँग्रेस कञ्चनपुरको अध्यक्षमा मालती पन्त निर्वाचित भएकी छिन । ट्रेड यूनियन काँग्रेस कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि भएको निर्वाचनबाट पन्त अध्यक्षमा निर्वाचित भएकी हुन ।

सहमती नभएपछि अध्यक्षका लागि आइतबार निर्वाचन भएको थियो । मालती पन्तले आफ्ना प्रतिस्पर्धी निर्मला जोशीलाई ३२ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएकी हुन ।

पन्तले १सय ५१ र जोशीले १सय १९ मत ल्याएकी थिईन । ३ सय १ कुल मतदाता मध्ये २सय ८४ मत खसेका थिए । नेपाल ट्रेड यूनियन काँग्रेस कञ्चनपुरको नेतृत्व, पदाधिकारी, सदस्य एव प्रदेश र केन्द्रीय प्रतिनिधीमा अधिकाँस एनपी पक्षीय नेता कार्यकर्ता रहेको दावि गरिएको छ । रमेश लेखक पक्षकी निर्मला जोशी र एनपी पक्षकी मालती पन्त चुनावी मैदानमा होमिएका थिए ।

नेपाल ट्रेड यूनियन काँग्रेस कञ्चनपुरका नेता विकास श्रेष्ठले अध्यक्ष सहितका केही पदमा सहमती नभएपछि चुनावी प्रकृयाबाट टुङग्याईएको बताए ।

उनका अनुसार बरिष्ठ उपाध्यक्षमा हरिस भट्ट, महिला उपाध्यक्ष मञ्जु गिरी, उपाध्यक्ष (सेवा)हरि प्रशाद जोशी, उपाध्यक्ष(अनौपचारिक) मधुसुधन जोशी, सचिव राजेन्द्र चुनारा, सह कोषाध्यक्ष कमला पन्त, सदस्य आशादेवी तिरुवा, ज्योत्सना खडका, दुर्गा फुलारा, भागरथी विष्ट, महिला संयोजक पुजा राना(मगर), सह संयोजक मनरुपा शाही, युवा संयोजक ईश्वरी जोशी, सह संयोजक पार्वती खत्री, प्रदेश प्रतिनिधीमा एशोदा खडका, देवी लोहनी, ईश्वरी भट्ट, कल्पना लेखक, जयन्ती विष्ट यस अघि नै निर्बिरोध निर्वाचित भएका थिए ।

यस्तैगरी सह सचिवमा शंकर भण्डारी, लवदेव अवस्थी, कोषाध्यक्ष दिपकराज विष्ट, सह कोषाध्यक्ष कमला पन्त, खुला सदस्यमा तोयराज जोशी, धर्मराज जोशी, करन ऐर दिपक धामी, धर्मराज पाण्डेय,खगेन्द्र धानुक निर्वाचित भएका छन ।

केन्द्रीय महाधिवेशन प्रतिनिधीमा शुशिल कुमार भट्ट, हरिहर परियार, उदय साउद, पुण्यराज भट्ट, सन्तोषी साउद(ऐर), नितु भट्ट निर्वाचित भएका छन । यस्तै प्रदेश सभा सदस्यमा सुर्दशन भट्ट, खडक सिह पाल, राजेन्द्र ब. ऐर,गणेश महर, लोकेन्द्र राम भट्ट, नारायण भक्त भट्ट, टेक ब. मल्ला, दिपेन्द्र देउवा, जय ब. बुढाऐर, सिद्धराज बोहरा, जगदिश प्रशाद जोशी, पदम ब. खडका निर्वाचित भएका छन ।

नेपाल ट्रेड यूनियन काँग्रेस कञ्चनपुरको नवनिर्वाचित अध्यक्षमा मालती पन्तले ट्रेड युनियनमा रहेका मजदुरको हकअधिकारका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन ।


#ट्रेड युनियन काग्रेस कंचनपुर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>