Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० बैशाख २६ गते मङ्गलबार

बिपद् तथा जलवायु अनुकुल मुल प्रवाहिकरण सम्बन्धी दोधारा चाँदनीमा अभिमुखिकरण ।

दोधारा चाँदनी नगरपालिकामा योजना तर्जुमा प्रकृयामा बिपद् तथा जलवायु अनुकुल मुल प्रवाहिकरण सम्बन्धी अभिमुखिकरण संचालन भएको छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) तथा डिसीएको प्राबिधिक सहयोगमा दुई दिने योजना तर्जुमा प्रकृयामा बिपद् तथा जलवायु अनुकुल मुल प्रवाहिकरण सम्बन्धी अभिमुखिकरण संचालन भएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिएका छन् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष तथा दोधारा चाँदनी नगरपालिका कार्यालयका शाखाका प्रमुख, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का प्रतिनिधीहरुको उपस्थिती रहेको छ् । कार्यक्रममा जलवायु परिवर्तनको अवधारणा, कारण, प्रभाव तथा अनुकुलन प्रकृया, जलवायु परिवर्तन अनुकुलन, सरकारको निति नियम, संलग्न निकाय, तहगन अनुकुलन योजना, बिपद ब्यवस्थापन, निति नियम, स्थानीय स्वायत्त शासनले गरेका ब्यवस्था, स्थानीय बिपद ब्यवस्थापन योजना र त्यसका चरण, जलवायु परिवर्तन र बिपद् ब्यवस्थापनका बारेमा स्थानीय अनुकुलन योजनामा समावेसन गर्ने योजना र प्रकृया लगाएका बिषयमा छलफल गरिएको छ् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिका क्षेत्र बिपद्को जोखिम क्षेत्र रहेको तथा मुख्यतया डुबान, चट्याङ, आगलागी, शीतलहर प्रकोपबाट वर्षेनी जनधनको क्षति हुने गरेको बताईएको छ् । भोली सम्म संचालन हुने बिपद् तथा जलवायु अनुकुल मुल प्रवाहिकरण सम्बन्धी अभिमुखिकरणमा नगर क्षेत्रको लागी बिपद् तथा जलवायु परिवर्तनका योजनालाई नगरपालिका, वडा तथा शाखा कार्यालयमा कसरी अघि बढाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिने बताईएको छ् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>