Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० बैशाख २६ गते मङ्गलबार

दोधारा चाँदनी नगरपालिकाले शव चिर्ने कौशिलालाई सम्मान गर्‍यो ।

दोधारा चाँदनी नगरपालिकामा स्थित नगर अस्पतालका पोष्टमार्टमा सहयोग गर्ने कार्यालय सहयोगी कौशिला शर्मालाई सम्मान गरिएको छ् ।

महिलाहरु अक्सर सुई लगाउने भन्दा पनि डराउछन् । तर दोधारा चाँदनी नगरपालिकाको नगर अस्पतालका कार्यालय सहयोगी कौशिला शर्मा भने शवलाई चिरफार गर्छिन् । कौशिला शर्मा निडर छिन् । ढुक्कले काम गर्छिन् । पेशागत रुपले परेको काम बाहेक मृतकको शब नजिकै जाने आम महिला तथा पुरुष कमै छन् । तर दोधारा चाँदनी नगरपालिकाको नगर अस्पतालमा कार्यरत कार्यालय सहयोगी कौशिला शर्मा आम महिलाको भन्दा फरक काम गर्छिन्, जुन गर्ने आँट र संयोग जो कसैलाई जुर्दैन । नगर भरिमा आत्महत्या वा अप्राकृतिक कारणले मृत्यु भएकाको शव अन्तिम संस्कार हुनु अघि कौशिलाले चिरफार गर्छिन् ।

पोस्टमार्टमका लागि अस्पताल आएका शवलाई पहिले उनी निर्वस्त्र बनाउछिन् । डाक्टरको निर्देशन अनुसार चिरफार गर्छिन् । अंगहरु झिक्छिन् । अनि पुन: त्यसलाई शरीर भित्र राखेर सिलाउछिन्  । डाक्टरले नियालेर उनको सबै काम हेर्दै पोस्टमार्टम रिपोर्ट तयार पार्छन् । रिपोर्ट र चिरिएको शव दुवै बोकेर आफन्त सद्गत तिर लम्किन्छन् ।

कौशिलाको काम यसरी बित्न थालेको १३ वर्ष पुग्यो । यसबीचमा उनले तिन हजार भन्दा बढी शव चिरिसकेकी छन् । ‘सुरु–सुरुमा डरले हात काप्थे । गाहे भएको थियो । डाक्टरले सम्झाए, पोष्टमार्टम गर्ने ठाउमा लगेर चिरेको देखाएपछि बिस्तारै सिक्दै गए, बानी पर्‍यो,’ कौशिलाले भनिन्, ‘एउटा शवको पोस्टमार्टम गरेको डाक्टरले कति पाउछन्, थाहा छैन, मैले भने ५ सय रुपैया पाउछु ।’ उनि अहिले ५० वर्षका भए ।

२०६६ सालमा प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमा सहयोग गर्ने कार्यालय सहयोगीको रुपमा जाडिएको बेला उनको तलब २ हजार ५ सय थियो भने, अहिले नगर अस्पताल हुदा उनको मासिक तलब १८ हजार पुगेको छ् ।  आज उनको सहासिक कार्यको मुल्यांकन गर्दै दोधारा चाँदनी नगरपालिका कार्यालयले कौशिला शर्मालाई सम्मान गरेको छ् । दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुखको कार्यक्रम अन्तर्गत कौशिलालाई सम्मान गरिएको हो ।
साेमबार एक कार्यक्रमको बिच पचास हजारको चेक तथा प्रमाण पत्र हस्तान्तरण गर्दै कौशिला शर्मालाई सम्मान गरेको दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीले जनाएका छन् । उदाहरणीय तथा सहासिक कार्य भएको भन्दै सम्मान गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरउप्रमुख गंगा देबी जोशीले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकाको नगर अस्पतालमा बिगत लामो समय देखि कार्यरत साहासी महिलालाई कार्यको आधारमा सम्मान गरिएको बताएका छन् ।


#शव चिर्ने महिला

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>