Samriddhipost
२०८२ माघ २२ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख २७ गते बुधबार

देशकै ठुला मध्येकाे निर्माण कम्पनिले गरेकाे काम अख्तियारमा निवेदन, समय लागेपनि छानविन हुन्छ: अख्तियार ।

क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढिले कार्यान्वयन गरिरहेकाे देशकै ठुला मध्येकाे शर्मा एण्ड कम्पनिले ठेक्का लिई राजेन्द्र निर्माण सेवाले जिम्मा लिई काम गरिरहेकाे शुक्लफाँटा नगरपालिका भवन निर्माण गुणस्तरिय नभएकाे भन्दै अख्तियारमा उजुरी परेको छ ।

मंगलबार अख्तियारमा उजुरी परेको दर्ता भएकाे र नियमानुसार प्रकृयामा रहेकाे अख्तियार कंचनपुरका सुचना अधिकारी नवराज भण्डारिले बताएका छन ।

एसियाली विकास बैंक(एडिबी)को आर्थिक सहयोगमा शुक्लाफाँटा नगरपालिकामा नगरपालिका कार्यालयकाे भवन गुणस्तरिय नभएकाे पट्टक पट्क बाउण्ड्रि पर्खाल भत्किएकाे, कति बाल राख्दा कस्ताे क्षमताकाे वा डिजायनकाे राख्नुपर्ने हाे ख्यान नपुर्याई निर्माण गरिएकाे लगायतका बिषय उठान गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी परेको जनाईएको छ ।

निवेदकमा आयोजना पीडित सरोकारवालाहरु उल्लेख गरिईकाे छ । उक्त उजुरी पत्रमा शुक्लाफाँटा नगरपालिका प्रशासकीय भवन शुरुवाती चरणदेखि गुणस्तहिन समाग्री प्रयोग गरि निर्माण कार्य गरेको उल्लेख गरिएको छ ।
भवन संरचना पटक पटक भत्किनेक्रम जारी रहेको भन्दै  यस अघि पनि पर्खाल भत्किएपछि स्थानीयले समेत भवनको गुणस्तरियतामा प्रश्न गर्दै आएका छन ।
आयाेजना कार्यान्वयन ईकाईका सुचना अधिकारिले काम गुणस्तरिय तरिकाले निर्माण सम्पन्न भएपछि मात्र काम सम्पन्न हुने बताएका छन भने निर्माण कम्पनि प्रतिनिधि राेषन भट्टले माटाेकाे भारका कारण पर्खाल भत्किने गरेकाे अब नयाँ डिजायन स्वीकृत भएकाे छ साेहि अनुसार काम गर्ने बताएका छन ।

यस्तै डिजायन गर्ने सुपरभिजन लगायतका काम गर्ने कम्पनिका तर्फवाट मनाेज झा नामका कन्सलट्यान्ट फिल्डमा रहेकाे बताएकोमा कन्सलट्यान्ट झा संग सम्पर्क गर्दा बहाले आफू अहिले त्यहा नरहेकाे र कन्सलट्यान्टका रुपमा समेत नरहेकाे फाेन सम्पर्कमा बताएका छन ।

अख्तियार प्रति छैन स्थानियकाे विश्वास

विभिन्न समयमा स्थानियले छानविनका लागि अख्तियारमा निवेदन दिएका भएपनि छानबिनै नगरेकाे शुक्लफाँटाका केहि स्थानियकाे भनाई छ। अख्तियार सुचना अधिकारिले कामकाे चापले ढिलाे भएपनि छानविन हुने बताएका छन ।


#शुक्लफाँटा भवन निर्माण

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>