Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख २७ गते बुधबार

देखतभुली स्वास्थ्यचौकी कंचनपुरमै पहिलाे किशाेर किशाेरिमैत्रि  घाेषणा  ।

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ५ मा रहेको देखतभुली स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रममा स्वास्थ्य चौकीका इन्चार्ज लिलाकान्त झालाई देखतभुली स्वास्थ्य चौकी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा भएको प्रमाणपत्र प्रदान गरेर किशाेर किशाेर मैत्रि स्वास्थ्य चाैकि घाेषणा गरिएकाे हाे ।

किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ अनुसार देखतभुली स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको लालझाडी ५ का वडा अध्यक्ष पहल बहादुर थापाले जानकारी दिनुभयो । आफ्नो वडामा रहेको देखतभुली स्वास्थ्य चौकीलाई जिल्लामै पहिलो किशोर किशोरी मैत्री स्वास्थ्य संस्थाको रूपमा घोषणा गर्न पाउँदा निकै खुसी लागेको उहाँको भनाइ छ ।

देखतभुली स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरेसँगै अब अन्य स्वास्थ्य संस्थालाई पनि किशोर किशोरी मैत्री बनाउने अभियानमा गाउँपालिका लागेको लालझाडी गाउँपालिकाका प्रवक्ता आशाराम रानाले बताउनु भयो । गाउँमै किशोर किशोरीका स्वास्थ्य समस्याको समाधान हुने गरी सेवा विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ ।  किशोरावस्थामा शारीरिक र मानसिक परिवर्तन आउने र त्यो सँगै समयमा ख्याल गरेन भने मानसिक विचलन पनि आउन सक्ने हुँदा स्वास्थ्य सेवा र परामर्शले ठूलो दुर्घटना हुनबाट बचाउन सकिने पालिका अध्यक्ष निर्मल रानाले बताउनु भयो ।

लालझाडी गाउँपालिकामा रहेका हरेक स्वास्थ्य संस्थालाई अब किशोर किशोरी मैत्री बनाउन आफूहरू लागिपरेको र नागरिकको हरेक स्वास्थ्य समस्या समाधानका लागि नवीनतम् प्रयासहरू गरिएकाे अध्यक्ष रानाले बताउनु भयाे  ।


#किशाेर किशाेरी मैत्रि घाेषणा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>