Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
बैतडी
२०८० बैशाख २८ गते बिहिबार

बैतडिका बजारमा म्याद गुज्रेका सामानबाट जरिमाना असुल ।

बैतडी जिल्लाकाे बजार अनुगमनका क्रमम अहिले सम्म १ लाख ४० हजार जरीवाना असुल गरिएको छ । जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गर्दा म्याद गुज्रेका सामग्री विक्रि वितरण गर्नेबाट जरीवाना असुल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रवीन अधिकारीले जानकारी दिए ।

चालु आर्थिक बर्षको अहिले सम्म विभिन्न स्थानमा ३ सय ६ ओटा पसलमा अनुगमन गर्दा ६६ हजार ५८६ रुपैंया बराबरको म्याद सकिएको सामग्री नष्ट गरिएको अधिकारीले जानकारी दिए ।अझै पनि बजारमा म्याद सकिएका गुणस्तरहीन सामग्रीको विक्रि वितरण हुने गरेको पाइएको छ । अनुगमनका क्रममा जहिले पनि म्याद सकिएका सामग्री फेला पर्ने गरेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अधिकारीले बताए । 

जिल्ला सदरमुकामदेखि ग्रामीण क्षेत्र सम्मकै बजारमा म्याद नाघेका सामग्रीको विक्रि वितरण हुने गरेको छ । उपभोग्य सामग्रीको उत्पादन र उपभोग्य मितिका बिषयमा उपभोक्ता र व्यापारी दुवैले लापरवाही गर्दा समस्या भइरहेको छ । उपभोक्ताहरुले पनि सामग्री खरीद गर्दा उत्पादन मिति र उपभोग्य मितिको हेर्ने नगरेको पाइएको छ । जिल्लाको संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेका ठाउँमा व्यापारी र उपभोक्ता दुवैको लापरवाही फेला परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकर बोहराले बताए । 

स्थानीय सरकारले सञ्चालन ऐन २०७४ ले स्थानीय तहको क्षेत्रभित्र रहेका बजारहरुको अनुगमन गर्ने दायित्व स्थानीय सरकारको भएपनि त्यो तर्फ स्थानीय सरकारहरुको ध्यान जान सकेको छैन् । बजारमा अनुशासन कायम नहुँदा अखाद्य सामग्री विक्रि वितरण हुँदै आएको छ । 


#म्याद गुज्रेका सामान

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>